डा केसी पक्ष र सरकारपक्षबीच अनौपचारिक बार्ताको थालनी

264
Shares

काठमाडौँ, ३१ असार । डा गोविन्द केसीको अनशन लम्बिदै जाँदा बार्ताको पहल शुरु भएको छ । सत्ताधारी दल नेकपाका सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले डा. केसीलाई सहमतिमा ल्याउने विषयमा निकटतम सहयोगी भनिएका डा. अभिषेकराज सिंहसंग ‘वान टू वान’ छलफल गरेका छन् ।

‘हो हामी हिजो राती सोह्रखुट्टेस्थित एक घरमा करिब दुई घन्टा छलफल गर्यौँ,’डा सिंहले भने । उनले डा केसीका मागका विषयमा सरकार लचिलो हुनुपर्ने मान्यतामा नेता श्रेष्ठ रहेको र सोही सन्देश लिएर पार्टी नेतृत्वलाई भेटने आफूसंग छलफलमा भनेको समेत बताए ।

उनले छलफलकै क्रममा आइतबार संसदमा पेश हुन लागेको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक अगाडि नबढाउने सहमति भएको समेत खुलासा गरे । सोही अनुसार आज प्रतिनिधिसभाको कार्यसूचीमा रहेको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक अगाडि बढेन। पूर्व सांसदको मृत्युमा शोक प्रस्ताव पारित गर्दै संसद सोमबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ।

डा. सिंहका अनुसार सरकारले आइतबार नै औपचारिक रुपमा वार्ता टोली घोषणा गर्ने समेत जनाएको छ । सरकारी बार्ता टोलीको घोषणा भए डा केसीलाई काठमाडौँ ल्याउने बाताबरण बन्ने आफूले सुझाव दिएको र श्रेष्ठ सकारात्मक रहेको आफूले पाएको बताए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *