डा. केसी पक्षले प्रदर्शन चर्काएकै दिन शिक्षा मन्त्रालयले लेख्यो तीन पन्ना विज्ञप्ती

काठमाडौँ, ३० असार । अनशनरत डा. गोविन्द केसीले उठाएका माग जायज छन् भन्दै समर्थकका पक्षबाट वृहत प्रदर्शन भएकै दिन शिक्षा मन्त्रालयले तीन पन्ना लामो विज्ञप्ती प्रकाशित गरी आफ्नो धारणा बाहिर ल्याएको छ ।

मन्त्रालयका प्रवक्ता बैकुण्ठ अर्यालद्धारा हस्ताक्षरित उक्त विज्ञप्तीमा अनशनरत डा केसीलाई राजधानीमा आई सुविधासम्पन्न अस्पतालमा उपचार गरी स्वास्थ्यलाभ गर्न भनिएको छ । त्यसको समन्वय गर्न नेपाल चिकित्सक संघलाई आग्रह गरिएको छ ।

उक्त विज्ञप्तीमा नेपालमा भएका मेडिकल कलेजको विवरण, तिनले पाएका सिटसंख्या, त्यहाँबाट उत्पादित जनशक्तिको बारेमा समेत उल्लेख गरिएको छ । विज्ञप्तीमा भारत बंगलादेश, श्रीलंकाको उदाहरण दिएर नेपालमा चिकित्सक विरामी अनुपान समेत निकै अभाव भएको दर्शाइएको छ । डा केसीका समर्थकहरुले नेपालमा चिकित्सकको संख्या प्रयाप्त भएको भन्दै आएका बेला घुमाउरो पारामा थप कलेजको आवश्यकता छ भन्ने गरी प्रस्तुत गरिएको छ ।

मन्त्रालयले विज्ञप्तीमा प्रतिस्थापन विधेयक खारेज हुँदा चिकित्सा शिक्षा आयोगको अस्तित्व संकटमा परेको भन्दै यो अवस्था धेरै दिन राख्दा थप प्रत्युतपादक हुने समेत संकेत गरेको बताएको छ ।

उसले आफ्नो विज्ञप्तीमा अनशन बस्ने समय अहिले उचित नभएको भन्दै डा केसीलाई अनशन छाडी चिकित्सा शिक्षा सुधारका अभियानमा साथ दिन आग्रह गरेको छ ।

डा केसीका समर्थक आवासीय चिकित्सकहरुले ओपिडी सेवा बहिस्कार गरेको प्रति पनि उसले काममा फर्किन आग्रह गर्दै अन्यथा कारबाहीको प्रक्रिया अघि बढाउने बताएको छ ।

हेरौँ तीन पान्ने विज्ञप्ती

 

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *