पन्ध्रौँ अनशनको पन्ध्रौँ दिन, डा. केसीको समर्थनमा प्रदर्शन (फोटो फिचर)

212
Shares

काठमाडौँ, ३० असार । डा. गोविन्द केसीको माग तत्काल सम्वोधन गर्नुपर्ने माग राख्दै राजधानीमा बृहत रयालीको आयोजना गरिएको छ ।

पन्ध्रौ अनशनको पन्ध्रौँ दिन  पारेर  नेपाल चिकित्सक संघ, सोलिडारिटी फर गोविन्द केसी अलायन्स लगायतका विभिन्न संघसंस्थाहरुको आयोजनामा भएको उक्त रयालीमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस र विवेकशील साझा पार्टीका नेता कार्यकर्ताहरुको सहभागिता थियो ।

मध्यान्न साढे १२ बजे माइतीघर मण्डलाबाट शुरु भएको रयाली नयाँ बानेश्वर पुगेर कोणसभामा परिणत भएको थियो ।

उक्तसभालाई पूर्व स्वास्थ्यमन्त्री एवं नेपाली कांग्रेसका तर्फबाट सांसद बनेका गगन थापा, माथेमा आयोगका संयोजक प्राडा केदारभक्त माथेमा, नेपाल चिकित्सक संघका अध्यक्ष डा मुक्तिराम श्रेष्ठ, डा गोविन्द केसीका सहयोगीहरु डा जीवन क्षेत्री, अभिषेक राज सिंह, विवेकशील साझाका शशी विक्रम कार्की लगायतले बोलेका थिए ।

उनीहरुले डा केसीप्रति सरकारले पटक पटक गद्धारी गरेको भन्दै यसपटक डा केसीको मागलाई निस्कर्षमा पुरयाएरै छाडने अठोट व्यक्त गरे ।

सो प्रदर्शनका केही झलकहरु यस्ता छन् :

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *