कालोपट्टी बाँधेर सेवामा खटिन देशभरका चिकित्सकलाई एनएमएको निर्देशन

काठमाडौँ, २२ असार । नेपाल चिकित्सक संघ (एनएमए)ले जुम्लामा अनशनरत डा गोविन्द केसीको मागमा समर्थन गर्दै देशभरका चिकित्सकहरुलाई हातमा कालोपट्टी बाँधेर ऐक्यवद्धता जनाउन आवहान गरेको छ । संघले आज पत्रकार सम्मेलन गरी आजैका मिति देखि हातमा कालोपट्टीमा बाँधेर सेवामा खटिन आवहान गरेको हो ।

केसीका सन्दर्भमा ४ बुँदे विरोधका कार्यक्रम सार्वजनिक गरेको संघले डा केसीका जायज मागमा ऐक्यवद्धता जनाहेर गर्दै जीवन रक्षाको माग गरेको छ । यस्तै आउँदो आइतबार प्रधानमन्त्री, उपप्रधानमन्त्री, उप तथा स्वास्थ्यमन्त्रीलाई ज्ञापन पत्र बुझाँउने र ७२ घण्टे अल्टिमेटम दिने र सम्वोधन नभए थप विरोधका कार्यक्रम सार्वजनिक गर्ने बताइएको छ ।

यस्तै संघले डा केसीको स्वास्थ्य अवस्था बुझि प्रतिवेदन दिन बरिष्ठ उपाध्यक्ष डा ढुण्डी पौडेलको संयोजकत्वमा सहकोषाध्यक्ष डा प्रकाश बुढाथोकीलाई अनशनस्थल पठाउने बताएको छ ।

यसअघि पत्रकारसग कुरा गर्दै संघका अध्यक्ष डा मुक्तिराम श्रेष्ठले डा केसीको स्वास्थ्य अवस्था बिग्रँदै जाँदा सरकार सम्वेदनशील भएर माग छिटो सम्वोधन गर्नुपर्ने बताए । उनले विगतमा भएका सम्झौँता कार्यान्वनय गर्ने तर्फ ध्यान पुरयाउन आग्रह गरे ।

सरकारका कतिपय मन्त्रीका अभिव्यक्तिले बाताबरण झन् विग्रने अवस्थामा पुगेको भन्दै प्रधानमन्त्रीले जथाभावी बोल्ने मन्त्रीहरुलाई ृलगाम लगाउनुपर्ने समेत उनको सुझाव थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *