चिकित्सा शिक्षा सुधारकै लागि प्रतिस्थापन विधियेक : मन्त्री पोखरेल

120
Shares

काठमाडौँ, २० असार । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले चिकित्सा शिक्षा अध्यादेश सम्वन्धी प्रतिस्थापन विधेयक चिकित्सा शिक्षा सुधारकै लागि ल्याइएको बताएका छन् । उनले विधियेकको राम्ररी अध्ययन नै नगरी आफूमाथि अनर्गल आरोप लगाएको दावी गरेका छन् ।

राष्ट्रिय प्राकृतिक चिकित्सा दिवसको अवसरमा बुधबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले भने, ‘अहिले जसरी विधियेकका विषयमा कुराहरु उठाइदै छ त्यो सत्य होइन । हामीले प्रतिस्थापन विधेयक मार्फत माथेमा आयोगका कतिपय कमजोरीहरुलाई सच्याएर ल्याउन खोजेका हौँ । यसलाई मन्त्रीले फट्याइ गरयो भन्ने हिसावले हल्ला गरिएको छ । यसप्रति मेरो आपत्ति छ,’ उनले भने ।

मेडिकल कलेज खोल्न अस्पताल नचाहिने भन्ने विषयमा समेत सत्यता नरहेको बताए । उनले भने, ‘एक पटक राम्ररी विधेयक पढ्नुस र बोल्नुस, त्यहाँ स्पष्ट लेखिएको छ, सम्वन्धन पाउँदाका बखत आफ्नै अस्पताल हुनुपर्छ ।’

उनले विद्यालयको शिशु कक्षामा मासिक ६ हजार तलवमा पढाइरहेको अवस्था, विद्यालय तहमा २३ हजार दरबन्दी नपुगिरहेको अवस्था, इन्जिनियर, कृषि प्राविधिक जस्ता धेरै विषयहरुमा त्यस्तो छात्रबृत्ति वा लगानी गर्न नसकिरहेको बेलामा चिकित्सा तर्फको छात्रबृत्तिमा ठूलो लगानी भइरहेको बताए ।

उनले चिकित्सा शिक्षा आयोगमार्फत सबै नमिलेका विषय मिलाउन सकिने भन्दै अध्यादेश पास गर्न सबैले सहयोग गर्नुपर्ने बताए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *