डाक्टर लिन ग्राण्डी अस्पताल पुगेको सिम्रिक एयरको हेलिकप्टर दुर्घटना

512
Shares
तस्बिर : ओसो पुजारी

काठमाडौँ, १६ असार । ग्राण्डी अस्पतालमा डाक्टर लिन गएको सिम्रिक एयरको हेलिकप्टर अवतरणको क्रममा दुर्घटनामा परेको छ । दिउसो करीब साढे २ बजे ग्राण्डीको छतमा रहेको हेलिप्याडमा अवतरण गर्दा हेलिकप्टर चिप्लिएर तल्लो छतमा खसेको छ ।

महाराजगञ्ज प्रहरी बृत्तका डीएसपी भेषराज रिजालका अनुसार हेलिकप्टर चितवनको बिरामी लिनका लागि डाक्टर सहित त्यसतर्फ जान भन्दै ग्राण्डी पुगेको थियो । अवतरणको क्रममा हेलिप्याड भन्दा थोरै पर पुगेको हेलिकप्टर चिप्लिएर तल्लो तलामा खसेको उनले बताए ।

दुर्घटनाका बेला हेलिकप्टरमा रहेका क्याप्टेन हरेराम थापा  मात्रै रहेको र उनलाई सामान्य चोट लागेको डीएसपी रिजालले बताए ।

दुर्घटना पछि आगलागी हुने डरले प्रहरीले अस्पताल परिषरमा दुईवटा दमकल तयारी अवस्थामा राखेको छ ।

डिएसपी रिजालले दुर्घटनामा परेको हेलिकप्टरको पंखामा क्षति पुगेको बताए । दुर्घटनाग्रस्त हेलिकप्टरबाट तेल चुहिएको पनि उनले जानकारी दिए । अहिले अस्पतालले हेलिकप्टर मुनि रहेको आइसियु वार्डका विरामीहरुलाई अयन्त्र सार्ने तयारी गर्दैछ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *