आफ्नो स्वास्थ्य परीक्षण गर्न प्रतिष्ठानमा जान लागेका डा. केसीलाई प्रशासनले रोक्यो

काठमाडौँ, १६ असार । आफ्नो स्वास्थ्य जाँच गर्न कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जान खोजेका डाक्टर गोविन्द केसीलाई जिल्ला प्रशासन कार्यालयले रोक लगाएको छ । दिउसो २ बजे पत्रकार सम्मेलन गरी अनशन बस्ने योजनामा रहेका डा. केसीले विहान प्रतिष्ठानमा गएर आफ्नो रगत तथा स्वास्थ्य जाँच गराउन खोजेका थिए ।

जिल्ला प्रशासनले शुक्रबार मात्रै आफ्नो कार्यालय संगै जिल्ला प्रहरी र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको २०० मिटर वरपरसम्म अनशन आन्दोलन तथा नाराजुलुस गर्न निषेध गरेको थियो ।

सोही अनुसार उनलाई प्रतिष्ठानमा जान रोक लगाइएको अनुमान गरिएको छ । डा केसीले स्वास्थ्य जाँच गर्न जानै रोक लगाएपछि जिल्ला प्रशासन कार्यालयका प्रमुखसंग छलफल गर्दैछन् ।

चिकित्सा शिक्षा विधेयकको मूल मर्म मर्ने गरी संसोधन गरी पास गर्न लागेको भन्दै डा केसी यसपटक अनशनका लागि जुम्ला पुगेका हुन् । उनी जुम्ला नपुग्दै स्थानीय प्रशासनले हिजो जुम्लामा केही क्षेत्र निषेध गरेको थियो ।

डा केसीले भने आज दिउसो २ बजे पत्रकार सम्मेलन गरी अनशन बस्ने योजनामा रहेका छन् । यद्धपी अनशनस्थल भने टुंगो लागिसकेको छैन ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *