वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाको निधन

काठमाडौँ, ४ असार । वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाको सोमबार साँझ निधन भएको छ ।
पित्तथैलीकाे क्यान्सरबाट ट पीडित डा. देवकोटाको बाँसबारीस्थित नेसनल इन्ष्टिच्युट अफ न्युरोलोजिकल तथा एलाइड साइन्स (न्युरो अस्पताल) मा ५ बजेर ३५ मिनेटमा निधन भएको हो ।
अस्पतालले साँझ विज्ञप्ति जारी गरी देवकोटाको निधन भएको जानकारी दिएको हो ।
गत मंसिरमा क्यान्सर रोग भएको थाहा भएपछी डा. देवकोटालाई परिवारले उपचारका लागि बेलायत लगेका थिए । त्यहाँ साढे पाँच महिना लामाे उपचार गर्दा समेत निकाे नभए पछि उनलाई नेपाल ल्याइएकाे थियाे ।
करिब दुई महिना देखि न्यूराे अस्पताल उपचाररत डा. देवकोटालाई परिवारले अघिल्लाे साता मात्रै जन्म थलाे गाेरखा पुर्याएका थिए ।
परिवारका अनुसार देवकोटाकाे शव भाेलि विहान ८ देखि दिउसाे १ बजेसम्म श्रद्धाञ्जलीका लागि अस्पतालमा राख्ने र त्यस पश्चात् पशुपति आर्यघाट स्थित विधुतीय शव दाह गृहमा लगेर अन्तिम सस्कार गरिने बताईएको छ ।
हेर्नुहोस् अस्पतालको बिज्ञप्ति

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



