प्रदेश नं १ मा स्वास्थ्यको बजेट एक अर्ब ४४ करोड

28
Shares

विराटनगर, १ असार । प्रदेश नं १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले आव २०७५/०७६ का लागि रु ३५ अर्ब ९३ करोड ६० लाखको बजेट प्रस्तुत गरेका छन् ।

आज प्रदेशसभा बैठकमा बजेट प्रस्तुत गर्दै मन्त्री आङ्बोले विनियोजन बजेटको चालु खर्च रु १४ अर्ब ९२ करोड २८ लाख र पुँजीगत खर्च रु १८ अर्ब, ५० करोड, ९२ लाख र आन्तरिक स्रोतबाट रु दुई अर्ब, ५० करोड, ५० लाख विनियोजना गरिएको छ ।

स्वास्थ्य क्षेत्रको लागि रु एक अर्ब ४४ करोड विनियोजन गरिएको छ । सोअन्तर्गत कोशी अञ्चल अस्पताललाई शिक्षण अस्पतालको रुपमा र मोरङको मङ्गलवारे अस्पताललाई ट्रमा सेन्टर रुपमा विकास गरिने र मेची अञ्चल अस्पतालको स्तरोन्नतिका लागि विनियोजन गरिएको छ ।

बजेटमा गरिबका छोराछोरीलाई डाक्टरी पढाउन ‘जनता चिकित्सा शिक्षा कोष’ स्थापना गर्ने उल्लेख छ। ‘गरिवका छोराछोरीलाई एमबिबिएस अध्ययन गर्न बिना धितो सुलभ रुपमा ऋण उपलब्ध गराउने उद्धेश्यसहित जनता चिकित्सा शिक्षा कोष नामको एक कोष स्थापना गरेको छु’ मन्त्री इन्द्रबहादुर आङ्बोले बजेट बिनियोजका क्रममा भने ।

यसैगरी प्रदेश १ को राजधानीमा कम्तीमा ५ सय शय्याको अस्पताल स्थापना गर्ने भनिएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *