प्रदेश २ को बजेट : अस्पताललाई आवश्यक उपकरणसहित सुविधासम्पन्न बनाउने

44
Shares

धनुषा, १ असार । प्रदेश २ को सरकारले आगामी आव २०७५/०७६ का लागि रु २९ अर्ब ७८ करोड ६९ लाख ३८ हजारको बजेट प्रस्तुत गरेको छ ।

प्रदेश अर्थमन्त्री विजय यादवले आज प्रदेशसभा बैठकमा बजेट प्रस्तुत गर्दै कुल विनियोजन बजेटमध्ये चालुतर्फ रु १४ अर्ब ४७ करोड ५६ लाख १३ हजार अर्थात् ४८.६० प्रतिशत र पूँजीगततर्फ रु १५ अर्ब ३१ करोड १३ लाख २१५ हजार अर्थात् ५१.४० प्रतिशत रहेको जानकार दिए।

गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल, जनकपुर अञ्चल अस्पताल र नारायणी उपक्षेत्रीय अस्पताललाई आवश्यक उपकरणसहित सुविधासम्पन्न अस्पतालका रुपमा विकास गर्न रु ३० करोड विनियोजन भएको छ । सप्तरी जिल्लाको रुपनी प्रहरी अस्पताललाई प्रदेशको ट्रमा सेन्टरका रुपमा विकास गर्न रु एक करोड विनियोजन गरिएको छ ।

तराई–मधेशमा महामारीको रुपमा आउने औलो रोगबाट बच्न सुप्रानेट झुल वितरण गर्न रु पाँच करोड विनियोजन गरिएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *