टिचिङ अस्पतालको लकरमा गोली लोड गरि राखिएको पेस्तोल भेटियो

काठमाडौँ, २७ जेठ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको लकरमा पेस्तोल र गोली भेटिएको छ । अस्पतालको रेडियोलोजी विभागमा लामो समयदेखि बन्द रहेको लकर फोड्दा पेस्तोल र गोली भेटिएको हो ।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जका डिएसपी योगेन्द्रसिंह थापाले विहान अस्पतालका कर्मचारीले र अस्पतालकै सुरक्षाकर्मीको रोहबरमा लामो समय देखि बन्द रहेको लकर तोडदा तीन राउण्ड गोली सहित होममेड पेस्तोल भेटिएको बताए । गोली लोड भएको पेस्तोल भेटेपछि कर्मचारीले प्रहरीलाई खबर गरेका थिए ।

स्रोतका अनुसार ती लकरहरु अस्पतालले रेजिडेन्ट विद्यार्थीका लागि उपलव्ध गराउँदै आएको थियो । नयाँ रेजिडेन्टले लकर दावी गरेपछि प्रशासनले लामो खाली भएका लकरहरुको संख्या पत्ता लगाउन सूचना निकालेको थियो ।

प्रशासनले एक हप्ता म्याद राखेर निकालिएको सूचनामा एक हप्ता भित्र लकर दावि नगरिए तोडिदिने भनिएको थियो । सोही अनुसार आज दावी नगरिएको लकर तोडने क्रममा पेस्तोल भेटिएको हो ।

अस्पतालकी रेडियोलोजी विभाग प्रमुख डा बेनु लोहनीले पेस्तोल बरामतको विषयमा बोल्न नमिल्ने बताइन । प्रहरीले भने घटनालाई गम्भीर रुपमा लिएको भन्दै अनुसन्धान अघि बढाएको जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *