न्युरो सर्जन डा. उपेन्द्र देवकोटाको स्वास्थ्य अवस्था अत्यन्तै गम्भीर
काठमाडौँ, २६ जेठ । बाँसबारीस्थित न्युरो अस्पतालमा उपचाररत बरिष्ठ न्युरो सर्जन डा उपेन्द्र देवकोटाको स्वास्थ्य अवस्था अत्यन्त जटिल बन्दै गएको छ ।
पाँच दिन देखि कृतिम स्वासप्रस्वास (भेन्टिलेटर)मा राखिएका डा देवकोटाको अवस्था शुक्रबार दिउसोबाट थप जटिल बन्दै गएको उपचारमा सम्लग्न चिकित्सकहरुले बताएका छन् ।
अवस्था जटिल बन्दै जाँदा शुक्रबार रातीबाट नै देवकोटाको स्वास्थ्यलाई लिएर विभिन्न हल्ला फैलिएको थियो । तर सो हल्लामा कुनै सत्यता नरहेको अस्पताल स्रोतले जनाएको छ ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



