फागुन महिना देखि तलव नपाएपछि स्वास्थ्यकर्मीले बुझाए ज्ञापनपत्र


काठमाडौँ, २२ जेठ ।  गत फागुन महिना देखि तलव भत्ता नपाएको भन्दै ललितपुर महानगरपालिकाका स्वास्थ्यकर्मीहरुले नगर प्रमुखको ध्यानाकर्षण गराएका छन् । उनीहरुले सोमबार नगरप्रमुख चिरिबाबु महर्जनलाई ज्ञापन पत्र बुझाउँदै तत्काल रोकिएको तलव भत्ता उपलव्ध गराउन अनुरोध गरका छन् ।

ज्ञापन पत्र बुझाउनेमा धापाखेल स्वास्थ्य चौकी, हरिसिद्धि स्वास्थ्य चौकी, सुनाकोठी स्वास्थ्य चौकी, सैबु स्वास्थ्य चौकी, बुङमति स्वास्थ्य चौकी, खोकना स्वास्थ्य चौकी र परिवार नियोजन संस्थागत क्लिनिक गरी ७ वटा संस्थाका स्वास्थ्यकर्मी छन् ।

उनीहरुले तलवबाटै घरभाडा, खाद्यन्न लगायत दैनिक उपभोगका सामानहरुको व्यवस्थापन गर्नुपर्ने भन्दै तलव भत्ता निकासा नहुँदा मर्का परेको बताएका छन् ।

यस्तो छ पत्र

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *