प्रदेशको सामाजिक विकास मन्त्रालयमा स्वास्थ्यका दुई महाशाखा रहने (संरचना सहित)
काठमाडौँ, १५ जेठ । अव प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयमा स्वास्थ्यका दुईवटा महाशाखा रहने भएका छन् । गत साता मन्त्रिपरिषदले पास गरेको सामाजिक विकास मन्त्रालयको संगठन संरचनामा स्वास्थ्य तर्फको स्वास्थ्य सेवा महाशाखा र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा रहने उल्लेख छ । जसको नेतृत्व मेडिकल वा जनस्वास्थ्य समूहका नवौँ वा दशौँ कर्मचारीले गर्नेछन् ।
संगठन संरचनामा स्वास्थ्य सेवा महाशाखा अन्तरगर्त चिकित्सा सेवा शाखा, जनस्वास्थ्य शाखा, औषधि व्यवस्था शाखा, अर्वुद तथा बैकल्पिक चिकित्सा शाखा रहनेछन् ।
यस्तै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तरगर्त रोग नियन्त्रण तथा अनुसन्धान शाखा, इपिडिमियोलोजी तथा महामारी नियन्त्रण शाखा रहनेछन् ।
शाखाको नेतृत्व आठौँ तहका मेडिकल अधिकृत, जनस्वास्थ्स्य अधिकृतले गर्नेछन् । दुबै महाशाखामा गरी २० जना कर्मचारी रहनेछन् ।
सामाजिक विकास मन्त्रालयको संंगठन संरचनामा स्वास्थ्यका दुईवटा महाशाखा बाहेक प्रशासन तथा योजना महाशाखा, उच्च शिक्षा महाशाखा,शैक्षिक योजना तथा अनुसन्धान महाशाखा, युवा तथा खेलकुद महाशाखा र सामाजिक विकास महाशाखा राखिएको छ ।