जेनेभामा स्वास्थ्य राज्यमन्त्रीको सम्वोधन : सहश्राब्दी लक्ष्य नजिक पुग्दैछौँ

जेनेभा ९ जेठ । स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले नेपालले स्वास्थ्य क्षेत्रमा उल्लेख प्रगति गरेको बताएकी छन् । स्वीजरल्याण्डको जेनेभामा चलिरहेको ७१ औँ विश्व स्वास्थ्य महासभालाई सम्वोधन गर्दै उनले सो कुरा बताएकी हुन् ।

सम्वोधनका क्रममा मन्त्री अर्यालले पछिल्ला दिनमा स्वास्थ्य क्षेत्रमा लोभलाग्दो प्रगति हासिल गरेको चर्चा गर्दै सहस्राब्दी विकास लक्ष्यको नजिक पुगेको बताइन ।

उनले देश संघीय संरचनामा अघि बढी रहेको भन्दै त्यसमा स्वास्थ्यका संरचना तथा सेवालाई थप प्रभावकारी बनाउन सरकार केन्द्रीत रहेको समेत जानकारी दिइन । उनले स्वास्थ्य क्षेत्रको संस्थागत विकास, स्थानीय तहमा स्वास्थ्यका संरचना र गुणस्तरीयतामा सहकार्य गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह समेत गरिन ।

सम्वोधन लगत्तै राज्यमन्त्री अर्यालले भारतका स्वास्थ्य मन्त्री जगत प्रकाश नाडासँग भेट गरेकी थिइन । नेपाली प्रतिनिधि मण्डलसहितको भेटमा स्वास्थ्यका क्षेत्रमा नेपाल भारतबीच भएका सहकार्य र भविस्यमा हुनसक्ने साझेदारीका विषयमा छलफल भएको थियो ।

सो क्रममा मन्त्री अर्यालले अहिलेको सरकारले लिएको समृद्धिको योजनामा सहकार्य गर्न भारतीय पक्षलाई आग्रह गरेकी थिइन । जवाफमा भारतका स्वास्थ्य मन्त्री नाडाले स्थानीय सरकारसँग सहकार्य गर्न भारत तयार बताए ।

 

त्यसपछि मन्त्री अर्यालले नेतृत्व गरेको नेपाली प्रतिनिधिमण्डले चिनियाँ प्रतिनिधि मण्डलसंग भेटवार्ता गरेको थियो । चिनिया टोलीको नेतृत्व चिनिया राष्ट्रिय स्वास्थ्य आयोगका सहमन्त्री स्वी ली ले गरेका थिए । सो अवसरमा नेपाल र चीनबीच भएका सहकार्य र आगामी दिनमा गर्न सकिने तिन योजनाहरुको बारेमा छलफल भएको थियो ।

यसअघि गत ६ जेठमै मन्त्री अर्याल र विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस बीच भेटवार्ता भएको थियो । भेटवार्तामा विश्व स्वास्थ्य संगठन र नेपालवीचको सम्बन्ध र स्वास्थ्य सम्बन्धी विषयहरुमा छलफल भएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *