डा देवकोटालाई स्वास्थ्यलाभको कामना गर्दै अभिनन्दनपत्र

काठमाडौँ, ४ जेठ । नेकपाले वरिष्ठ चिकित्सक डा उपेन्द्र देवकोटाको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै अभिनन्दनपत्र प्रदान गरेको छ ।

बाँसबारीस्थित न्यूरो अस्पतालमा प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन नेकपा (एमाले) केन्द्रीय स्वास्थ्य तथा जनसंख्या विभागका प्रमुख सुजिता शाक्य र राष्ट्रिय चिकित्सक संघका अध्यक्ष डा सन्तोष पौडेलका तर्फबाट विभाग प्रमुख तथा सांसद शाक्यले डा देवकोटालाई अभिनन्दनपत्र प्रदान गर्दै स्वास्थ्यलाभको कामना गरे ।

डा देवकोटाले चिकित्सा सेवालाई जनताको सहज पहँुचको क्षेत्र बनाउने र समृद्ध बनाउने काममा खेलेको अग्रसरता अतुलनीय भएकाले अभिनन्दन गरिएको सांसद शाक्यले बताइन ।

सो अवसरमा डा देवकोटाले गरीबका छोराछोरीले सहज र सुलभ तरीकाले चिकित्साशास्त्र अध्ययन गर्न पाउने वातावरण बनाउन तथा विशेषज्ञ चिकित्सक उत्पादन गर्नका लागि सातै प्रदेशमा उच्चस्तरको अस्पताल निर्माण गर्न आग्रह गरे ।

पित्तनलीमा अर्बुद रोगका कारण डा देवकोटाले अहिले अस्पतालमा उपचार गराइरहेका छन् । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *