भक्तपुर क्यान्सर अस्पताललाई ‘भाभाट्रोन मेसिन’ दिने मोदीको घोषणा

काठमाडौँ, २८ बैशाख । भारत सरकारले भक्तपुरमा रहेको भक्तपुर क्यान्सर अस्पताललाई भाभाट्रोन रेडियो थेरापी उपकरण दिने भएको छ । दुई दिने नेपाल भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सो घोषणा गरेका हुन् ।

अघि बेलुका होटल द्धारिकाजमा आयोजित विशेष कार्यक्रममा भारतीय प्रधानमन्त्रीले क्यान्सर रोगको उपचारमा सहयोग पुरयाउन ‘भाभाट्रोन रेडियो थेरापी’  उपकरण सहयोग गर्ने घोषणा गरे ।

उनले उक्त मेसिन निकट भविस्यमै पठाउने समेत जानकारी दिए । स्वास्थ्य सहयोगमा हामीले नयाँ कदम उठाएका छौँ। भक्तपुरस्थित क्यान्सर अस्पताललाई क्यान्सर विरामीको उपचारका लागि भारतमा विकसित ‘भाभाट्रोन रेडियो थेरापी’ मेसिन इन्सटल गर्ने छौँ,’ मोदीले भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *