उपचाररत डा. उपेन्द्र देवकोटालाई भेट्न न्युरो अस्पताल पुगे शिक्षा मन्त्री पोखरेल

काठमाडौँ, २८ बैशाख । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले न्युरो अस्पतालमा उपचाररत डा उपेन्द्र देवकोटालाई भेटेका भेटेका छन् । साढे पाँच महिना बेलायतमा उपचार गराएका देवकोटा गत १५ बैशाखमा नेपाल फर्किएका थिए । त्यसयता उनी आफ्नै लगानीमा सञ्चालित न्युरो अस्पतालमा भर्ना भई स्वास्थ्यउपचार गरिरहेका छन् ।

भेटका क्रममा मन्त्री पोखरेलले डा देवकोटाको स्वास्थ्य लाभको कामना गर्दै स्वास्थ्य सेवामा छिटै फर्कने विश्वास व्यक्त गरेका गरे । उनले डा देवकोटालाई निको भएपछि मेडिकल शिक्षालाई सर्वसुलभ र गुणस्तरीय बनाउन आवश्यक परामर्स लिने समेत जानकारी गराएका थिए ।

डा देवकोटाले भने मन्त्री पोखरेलसंग शिक्षा तथा स्वास्थ्यमा वेथिति बढी रहेको भन्दै यसको अन्त्य हुनु आवश्यक रहेको बताएका थिए । उनले मन्त्री पोखरेल शिक्षा र स्वास्थ्य सुधारका लागि सहि व्यक्ति रहेको भन्दै आफू यी दुवै क्षेत्र सुधार हुनेमा विश्वस्त रहेको बताए । उनले शिक्षामन्त्रीसंग मेडिकल क्षेत्रको पोष्ट ग्राजुएटसलाई सर्वसुलभ र सहज बनाउन समेत आग्रह गरे ।

सो क्रममा मन्त्री पोखरेललाई डा देवकोटाको उपचारमा सम्लग्न चिकित्सकहरुले स्वास्थ्यमा सुधार आएको बताएका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *