चार बुँदे माग अघि सार्दै डा. केसीले भने, ‘नत्र अनसन बस्छु’

काठमाडौँ, २० बैशाख । त्रिवि शिक्षण अस्पतालका डाक्टर गोविन्द केसीले सरकारसंग चार बुँदे माग अघि सारेका छन् । उनले माग पुरा नभएको खण्डमा आमरण अनसन शुरु गर्ने चेतावनी दिएका छन् । तर कहिलेसम्म माग पुरा नभए अनसन बस्ने भन्ने यसपटक उनले खुलाएका छैनन् ।

विहीबार त्रिवि शिक्षण अस्पतालमा पत्रकार सम्मेलन गर्दै उनले चिकित्सा शिक्षा ऐन प्रथम अध्यादेश अनुरुप हुने गरी यथाशीघ्र पारित हुनुपर्ने , माइतीघर मण्डला क्षेत्रमा प्रदर्शन निषेध गर्ने निर्णय तत्काल सदाका लागि फिर्ता गर्नुपर्ने, चिकित्सा शिक्षा सम्वन्धी जाँचबुझ आयोगको प्रतिवेदनले दोषी ठहर गरेका सबै पदाधिकारीलाई कारबाही गर्नुपर्ने माग अघि सारेका छन् ।

यस्तै उनले आइओएमबाट खोशिएका अधिकार फिर्ता हुनुपर्ने तथा थप स्वायत्तता दिनुपर्ने, नाजायज शुल्क लिने निजी मेडिकल कलेज माथि कारबाही गर्नुपर्ने र गोपाल पराजुलीमाथि छानवीन गरी उचित कारबाही गर्नुपर्ने माग अघि तेस्र्याएका छन् ।

पत्रकारसम्मेलनमा डा केसीले जारी गरेको लिखित बक्तव्यमा आफूले चालेका सबैकदम तीन करोड नेपालीको हीतका खातिर भएको उल्लेख छ ।

डा केसीले जारी गरेको विज्ञप्ती

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *