औषधि ‘प्रेस्काइब’ गर्दा डाक्टरको नाम र काउन्सिल दर्ता नम्बर अनिवार्य

काठमाडौँ, १८ बैशाख । बिरामी जाँच्ने कार्ड (प्रेस्किप्सन)मा स्पष्ट अक्षरमा लेख्न भनेकोे नेपाल मेडिकल काउन्सिलले आफ्नो नाम र काउन्सिल दर्ता नम्बर नछुटाउन डाक्टरहरुलाई निर्देशन दिएको छ ।

नबुझिने अक्षरमा प्रेस्किप्सन लेख्दा कतिपय अवस्थामा गलत औषधि पर्न सक्ने, पढे लेखेका शिक्षितहरुले समेत कुन ओैषधि प्रयोग भएको छ भन्ने थाह नपाउँने अवस्था भएपछि काउन्सिलले अक्षर राम्रा लेख्न निर्देशन दिएको थियो । तर यो निर्देशनलाई कतिपय डाक्टरहरुले आलोचना समेत गरेका छन् ।

काउन्सिल अध्यक्ष प्राडा धर्मकान्त बास्कोटा भन्छन्, ‘राम्रा अक्षर लेख्नु डाक्टरहरुको कर्तव्य हो । यसको आलोचना गर्नुको अर्थ छैन् । हामीले अव यसमा अनुगमन समेत गर्नेछौँ । निर्देशनको अटेरी गर्नेलाई नियमानुसार कारबाही समेत हुनेछ ।’

अध्यक्ष डा बास्कोटाले हरेक प्रेस्किप्सन कार्डमा डाक्टरहरुले आफ्नो नाम र मेडिकल काउन्सिलको दर्ता नम्बर समेत स्पष्ट ढंगले लेखिनुपर्ने बताए । ‘नाम र काउन्सिल नम्बर नलेख्दा डाक्टरले लेख्या हो कि, प्यारामेडिक्सले हो कि वा नर्सले लेखेको हो भन्ने समेत अन्योल हुन्छ । यसले कहिले काँही गर्नुपर्ने जाँचबुझमा समेत समस्या पार्छ । त्यसैले जसले लेखेको हो । त्यसले नाम र नम्बर स्पष्ट ढंगले लेख्नुपर्नेछ,’ उनले भने ।

काउन्सिलले प्रेस्किप्सनमा स्पष्ट अक्षर, नाम र दर्ता नम्बर लेख्नुपर्ने नियम बनाउनु अघि नर्सिङ काउन्सिल, प्रोफेसनल काउन्सिल, फार्मेसी काउन्सिल र औषधि व्यवस्था विभागसंग समेत परामर्स लिएको बताएको छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *