प्रधानमन्त्री ओली भन्छन्, ‘चिकित्सक ज्यू प्रति मेरो उच्च सम्मान छ ‘

काठमाडौँ, १५ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सकप्रति आफ्नो अत्यन्तै ठूलो श्रद्धा रहेको बताएका छन् । चिकित्सककै कारण आफू अहिलेको जीवन जिएको भन्दै उनीहरु प्रति श्रद्धा रहेको बताएका हुन् ।

नेपाल ट्रान्सप्लान्ट सोसाइटीको पहिलो अन्तराष्ट्रिय सम्मेलन तथा नेफ्रोलोजी, युरोलोजी तथा ट्रान्सप्लान्टेशन सोसाइटी अफ सार्कको ११ औ अन्तराष्ट्रिय सम्मेलको उद्घाटन मन्तव्य राख्ने क्रममा प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

‘चिकित्सक प्रति अगाध श्रद्धा गर्छु । चिकित्सककै कारण म अहिले यसरी उभिएर बोलिरहेको छु । नत्र त अहिलेसम्म मेरो ११ औँ बार्षिक पुन्य तिथि हुन्थ्यो होला,’ आफ्नो प्रत्यारोपणको प्रसंग जोडदै भने, ‘मलाई त हरेक चिकित्सकको नियत एउटै छ जस्तो लाग्छ । त्यो भनेको बिरामी बचाउनु नै हो । मलाई लाग्दैन कि उनीहरु गलत नियतले उपचार गरिरहेका छन् ।’

एघार बर्ष अघि मिर्गौला प्रत्यारोपण गरेको प्रसंग झिक्दै ओलीले मिर्गौला फेल हुँदैमा जीवन बर्बात भयो भनेर सोच्न नहुने बताए । ‘हेर्नुस न म प्रधानमन्त्री भएको छु । तर म अंग प्रत्यारोपित व्यक्ति हुँ । सन् २००७ मा मेरो शरीरमा मिर्गौला प्रत्यारोपण गरिएको हो ।’

सरकारले मिर्गौला रोगको उपचारमा सक्दो सहयोग गरिरहेको भन्दै थप आवश्यकता भए योजना बनाउन समेत सरोकारवालालाई निर्देशन दिए ।

कार्यक्रममा बोल्दै स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले अंग प्रत्यारोपण सम्वन्धी कानून आइसकेको अवस्थाले अव नेपालको अंगदान प्रक्रियाले गतिलिने भन्दै त्यसमा सरकारले आवश्यक सहयोग गर्ने बताइन ।

नयाँ कानूनले ब्रेनडेथ भएका व्यक्तिबाट समेत अंग झिकेर प्रत्यारोपण गर्ने बाटो खोलिदिएको भन्दै त्यसको कार्यान्वयनका लागि जुटनुपर्ने बताइन ।

कार्यक्रममा स्वास्थ्य सचिव डा पुष्पा चौधरी, मिर्गौला रोग विशेषज्ञ डा दिव्यासिंह शाह, लगायतले मन्तव्य राखेका थिए । आजसम्म चल्ने सो सम्मेलनमा स्वदेश तथा विदेशका गरी १५० बढी चिकित्सकको सहभागिता थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *