विहे खर्च डेढ लाख कटाएर नविनाले गरिन उपचार सहयोग
काठमाडौँ, १३ बैशाख । विवाह बन्धनमा बाँधिएकै अवसर पारी संघीय संसद सदस्य तथा अनेरास्ववियूकि केन्द्रीय अध्यक्ष नविना लामाले एक जना मिर्गौला विरामीको उपचारका लागि डेढ लाख सहयोग गरेकी छन् ।
उनले दुबै मिर्गौला फेल भई बीर अस्पतालमा उपचार गराई रहेका अनेरास्ववियू पाल्पाका अध्यक्ष प्रेम बगालेलाई सो रकम सहयोग गरेकी हुन् ।
अनेरास्ववियूकै पूर्व केन्द्रीय सदस्य एवं प्रेमी प्रविण श्रेष्ठसंग आज लगन गाँठो कस्ने क्रममा उनले मिर्गौला पिडीत बगालेलाई उपचार खर्च स्वरुप १ लाख ५१ हजार १५१ रुपैयाँको चेक हस्तान्तरण गरेको अनेरास्ववियूका नेता आरसी लामिछानेले बताए ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



