विहे खर्च डेढ लाख कटाएर नविनाले गरिन उपचार सहयोग

काठमाडौँ, १३ बैशाख । विवाह बन्धनमा बाँधिएकै अवसर पारी संघीय संसद सदस्य तथा अनेरास्ववियूकि केन्द्रीय अध्यक्ष नविना लामाले एक जना मिर्गौला विरामीको उपचारका लागि डेढ लाख सहयोग गरेकी छन् ।

उनले दुबै मिर्गौला फेल भई बीर अस्पतालमा उपचार गराई रहेका अनेरास्ववियू पाल्पाका अध्यक्ष प्रेम बगालेलाई सो रकम सहयोग गरेकी हुन् ।

अनेरास्ववियूकै पूर्व केन्द्रीय सदस्य एवं प्रेमी प्रविण श्रेष्ठसंग आज लगन गाँठो कस्ने क्रममा उनले मिर्गौला पिडीत बगालेलाई उपचार खर्च स्वरुप १ लाख ५१ हजार १५१ रुपैयाँको चेक हस्तान्तरण गरेको अनेरास्ववियूका नेता आरसी लामिछानेले बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *