स्वास्थ्य बीमा कार्यक्रमलाई थप सहयोग गर्ने कोरिया सरकारको प्रतिबद्धता


काठमाडौँ, ७ बैशाख । स्वास्थ्य बीमा कार्यक्रमलाई देशव्यापी बनाउन कोरिया सरकारले थप सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । शुक्रवार स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालसंग भेटबार्ता गर्न पुगेका नेपालका लागि कोरियाली राजदूत पार्क योङ सिकले बीमा कार्यक्रमका लागि थप सहयोग गर्ने प्रतिवद्धता जनाएका हुन् ।

स्वास्थ्य मन्त्रालयमा भएको भेटबार्तामा राजदुत सिकले स्वास्थ्य बीमा कार्यक्रमले गरीब नेपालीको स्वास्थ्य अधिकार सुनिश्चित गर्न सहयोगी भूमिका खेल्ने भन्दै कोरिया सरकारले थप सहयोग गर्ने बताएका थिए । सो अवसरमा मन्त्री अर्यालले सन् २०२० सम्ममा स्वास्थ्य बीमा कार्यक्रम देशव्यापी बनाउने योजना अघि सारेको बताएकी थिइन ।

यसबाहेक स्वास्थ्य संस्थाका भवन निर्माणमा सघाउने र स्वास्थ्यमा स्वयंसेवी बढाउने पनि राजदूत सिकले बताएका छन् ।

मन्त्री अर्यालले भने भौतिक निर्माणमा मात्रै नभइ, उपकरण, जनशक्तिको दक्षता वृद्धि, सचेतना र स्वास्थ्य प्रवद्र्धन जस्ता कार्यक्रममा समेत सघाउन आग्रह गरेकी थिइन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *