प्रसूति अस्पतालले भैँसेपाटीबाट पनि बहिरङ्ग क्लिनिक सेवा दिने

40
Shares

काठमाडौँ, ४ वैशाख । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले ललितपुरको भैँसेपाटीबाट बहिरङ्ग क्लिनिक शुरु गर्ने भएको छ ।

प्रमुख प्रशासकीय अधिकृत रानु थापाले भैँसेपाटीमा अस्पतालकै भवन भएकाले पहिले बन्द भएको सेवा पुनः शुरु गर्न लागेको बताइन् ।

ललितपुर भैँसेपाटी वरपरको क्षेत्र, दक्षिणकाली, फर्पिङलगायत सो क्षेत्रका २२ र २३ वडाका जनताले प्रत्यक्ष फाइदा पुग्ने अस्पतालको भनाइ छ । उनले भनिन्, “भैँसेपाटीमा २०६८ सालमा पनि बहिरङ्ग सेवा शुरु भई एक वर्ष चलेको थियो तर पर्याप्त जनशक्ति नहुँदा बन्द भयो, यसपटक यही वैशाखको अन्तिमबाट शुरु गर्ने गरी तयारी गरिरहेका छन् ।”

उक्त क्लिनिकबाट स्त्री, प्रसूति तथा बालरोग विशेषज्ञ सेवा प्रदान गरिनेछ । त्यसका लागि क्लिनिकमा स्त्री, बालरोग विशेषज्ञका साथै दक्ष प्रसूतिकर्मी व्यवस्था गरिएको छ । अल्ट्रासाउण्ड, आकस्मिक प्रसूति र ल्याब सेवा प्रदान गरिने थापाले जानकारी दिइन्। रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *