‘एन्टी रेबिज भ्याक्सिन’ अभाव सम्वन्धी समस्या तत्काललाई टर्‍यो

काठमाडौँ, २९ चैत ।  खरीद प्रक्रियामा ढिलाई हुँदा अभाव हुने अवस्थामा पुगेको रेबिज रोग बिरुद्धको सुई एन्टी रेबिज भ्याक्सिन सम्वन्धी समस्या तत्काललाई टरेको छ । स्वास्थ्य सेवा विभागले आवश्यक पर्ने सुई सम्बन्धित अस्पतालहरुले नै खरीद गर्न सक्ने मंगलबार निर्णय गरिदिएपछि समस्या तत्काललाई टरेको हो ।

यद्धपी विभागले सो सुविधा अस्पतालहरुलाई बढीमा एक महिनासम्मका लागि दिएको छ ।

एन्टीरेबिज भ्याक्सिनको व्यवस्थापन गर्ने निकाय स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा केदार सेन्चुरीले तत्काल चाहिने औषधि अस्पतालहरुले आफै खरीद गर्ने र त्यसबापतको सोधभर्ना विभागले पछि अस्पताललाई गरिदिने गरी निर्णय भएको बताए । ‘खरीद प्रक्रियालाई छोट्याउँदा, वा अन्यत्रबाट झिँकाउँदा समेत कम्तीमा डेढ दुई महिना लाग्ने रहेछ । त्यसैले तत्कालको समस्या टार्न यस्तो निर्णय भएको हो,’ डा. सेन्चुरीले भने ।

देशभरमा दैनिक करीब ८ सय देखि १ हजार भाइल खपत हुने एन्टीरेबिज भ्याक्सिन अहिले विभागसंग करीब ५ हजार भाइल मात्रै मौज्दात छ ।’यो अवस्थामा तत्कालै खरीद नगरी सम्भव छैन । त्यसैले आवश्यक पर्ने अस्पतालहरुलाई सिधै खरीद गर्ने अधिकार दिएका हौँ,’  उनले भने ।

यसअघि एन्टीरेबिज भ्याक्सिन खरीद गर्ने टेन्डरमा प्रक्रिया नमिलेपछि विभाले पुन टेन्डर निकाल्नुपरेको थियो । सोही कारण भ्याक्सिन खरीद प्रक्रिया ढिलाई भएको हो ।

‘पहिलो टेन्डर प्रक्रिया नमिलेपछि पुन दोस्रो पटक टेन्डर निकालेका हौँ । यो प्रक्रियाबाट औषधि त आउने भयो तर केही ढिलाई हुने भयो । त्यसैले तत्कालका लागि यो व्यवस्था गरेका हौँ,’ डा सेन्चुरीले भने ।

संयोग कस्तो परयो भने स्वास्थ्य सेवा विभागका महानिर्देशक डा गुणराज लोहनीले टेकु अस्पतालबाट चौविसै घण्टा एन्टीरेबिज भ्याक्सिन लगाउने सुविधा हुनेछ भनेर निर्णय गरे लगत्तै भ्याक्सिन अभाव भएको समाचार सार्वजनिक भयो । त्यसले पनि विभाग व्यवस्थापन एन्टीरेविज भ्याक्सिन व्यवस्थापनमा बढी क्रियाशिल देखिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *