गैरकानूनी रुपमा चिकित्सकीय अभ्यास गर्ने गराउने १७ जनालाई अदालत पुरयाइयो (सूची सहित)

388
Shares

काठमाडौँ, १७ माघ । काठमाडौँ जिल्ला अदालतले गैरकानूनी रुपमा चिकित्सकीय अभ्यास गर्ने गराउने स्वदेशी र विदेशी गरी १७ जनालाई ७ दिन थुनामा राखी अनुसन्धान गर्न अनुमति दिएको छ ।

जिल्ला अदालतका न्यायधीश राजेन्द्र नेपालको इजलाशले बुधबार उनीहरुलाई थुनामै राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।

आफूलाई डाक्टर भनि गैरकानूनी रुपमा चिकित्सकीय अभ्यास गरेको उजुरी परेपछि नेपाल मेडिकल काउन्सिल, उपभोक्ता हीत संरक्षण मञ्च र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईआवी) संयुक्त अनुगमन टोलीले उनीहरुलाई गत सोमबार राजधानीका विभिन्न अस्पतालबाट पक्राउ गरेको थियो ।

पक्राउ पर्नेमा चाइना ग्रेटवालका सञ्चालक नारायण तिमल्सिना, डा लुङ युङचाओ, लुङ गोयुङ, सिविककी सञ्चालक प्रतिभा पाण्डे, अस्ट्रेलियन नागरिक सराह एन्ने केम्प  छन् । यस्तै  एपोलो पोलिक्लिनिककी सञ्चालक मीनाकुमारी श्रेष्ठ, हुयाङ साओवेन, पान मेई सङ, काई शुसियान, लि लिङहोङ, जेङ सुहवा, लुओ लिमिङ, जियाङ हङ्गेवेई, लिउ जिक्वीन, चाइना पिपुल्स हस्पिटलका जौ जी, वाङ जिङ्लो र चाइना डेन्टलका लि योङमेई रहेका छन्।

उनीहरुलाई अदालतमा पेश गर्नु अघि सीआईबीले नेपाल मेडिकल काउन्सिलसंग उनीहरुको दर्ता प्रक्रियाको बारेमा जानकारी लिएको थियो । तर काउन्सिलमा उनीहरुको कुनै रेकर्ड नभेटिएपछि सीआईवीले थप अनुसन्धानका लागि म्याद थप गर्न लागेको हो ।

काउन्सिलका अध्यक्ष प्राडा धर्मकान्त बास्कोटाले अवैध रुपमा चिकित्सकीय अभ्यास गरिरहेको उजुरी परेको आधारमा अनुगमन गर्दा उनीहरु पक्राउ परेको भन्दै अनुगमन तथा छानवीनलाई थप तिव्रता दिने बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *