सहायक डीन हुँदाहुँदै कुर्सीमा बस्न किन हतारो ?’ : प्राडा खनियाँ

प्राडा तीर्थ खनियाँ उपकुलपति त्रिभुवन विश्वविद्यालय

प्राडा शशी शर्माको पदावधि सकिए लगत्तै प्राडा जगदीश अग्रवाल चिकित्साशास्त्र अध्ययन् संस्थान आइओएममा डीनको रुपमा हाजिर हुनु भएको छ ? त्रिविले मान्यता दिन्छ कि दिदैन ?
हामीले त पहिले नै अग्रवाल डा साबलाई पूर्ण कार्यकालका लागि डीन नियुक्ती गरेको हो । यो अवस्था बीचमा आयो । यो अवस्था आइसकेपछि र प्रधानन्यायधीश समेत यसमा मुछिई सकेपछि केश अदालतमा गयो । यसमा हामीले के बोल्ने ? त्यसैले यसमा हाम्रो धारणा, बिचार र पक्ष विपक्ष भन्ने ठाँउ नै रहेन ।

डा. अग्रवालले त सर्बोच्च अदालतको आदेश अनुसार नै डीनमा हाजिर गरेको भन्नु भएको छ । सर्बोच्चको आदेश पछि त हाजिर गर्न मिल्ला नि ?
त्यो मलाई थाह छैन । फैसला गहिरिएर हेरेको पनि छैन । हामीलाई शशी शर्मा डा साबलाई हाजिर गराउनु भन्यो हामीले गराईयो । तर अहिले उहाँको कार्यकाल सकियो । उहाँको सकिएपछि नयाँ डीन को हुने कसरी हुने भन्ने त एउटा प्रक्रिया छ । त्यो सबैलाई थाह छ । तर अहिले त विशेष परिस्थिति भएको अवस्था हो । यसमा त मैले विशेष रुपमा नबुझी बोल्न मिल्दैन ।

त्रिवि पदाधिकारीहरु यतिवेला डा गोविन्द केसीसंग निक्कै डराएका छन्, आफ्नो धारणा राख्न समेत अप्ठेरो मानिरहेका छन भन्ने सुनिन्छ नि, के भन्नु हुन्छ ?
त्यसो होइन , डा केसीजी संग डराउने वा नडराउने भन्ने कुरा पनि अहिले खासै गर्न चाहदैनौँ । खास कुरा के हो भने हाम्रो विषय डा केसीसंग डा अग्रवालले अस्तिबाट सम्हालेको डीन पदको बारेमा हो । अग्रवाल जी शशी शर्मा आएपछि डीनको रुपमा हाजिर हुनुभएन । शशी शर्मा गएपछि हाजिर हुनुभएको छ भन्ने हामीले मिडियाबाट नै थाह पाएका हौँ । यो अवस्था विश्वविद्यालय लिने निर्णय त कानूनी हुन्छ नि होइन र ?

कानूनी निर्णय भन्नाले ? अझ प्रष्ठ पारिदिनुहोस न ?
तपाईँलाई प्रष्ठ भनौँ, सर्बोच्च अदालतले फैसला गरेको अवस्थामा शशी शर्मालाई हाजिर हुन चाहेमा हाजिर हुन दिनु भन्यो । हामीले सोध्यौँ र ४ दिनको लागि उहाँ डीनमा पुर्नवहाली हुनुभयो । फेरी त्यहि फैसलामा नियुक्ती त अग्रवाल जीको पनि कानून सम्वत नै छ भनियो । त्यसले डा अग्रवालले डीन बन्दा गरेका कामलाई बैधता दियो । तर डा शशी डीनको रुपमा हाजिर भएपछि त अग्रवालको निरन्तरता टुट्यो नी । त्यसपछि को डीन बन्ने भन्ने नयाँ प्रक्रिया हुनुपर्ने हो । तर यतिवेला परिस्थिति नै बेग्लै छ । सरकारले एक खालको सम्झौँता गरिसकेको छ । अब अदालतले पनि यसबारे केही बोलेको छैन । हामीले के बोल्ने ?

त्रिविको चिठी बेगर डा. अग्रवालले यसरी डीनमा पुर्नवहाली गर्न मिल्छ ?
उहाँ डीनको रुपमा हाजिर गर्ने कुरा उहाँको कुरा भो । उहाँलाई जानुस पनि भनेका छैनौँ नजानुस पनि भनेका छैनौँ । उहाँ त्यहाँको प्राध्यापक पनि हो । उहाँलाई त्यहाँ जान आउँन त छुट छ ।

प्राध्यापक र डीनमा त फरक होला नि ? फेरी तपाईँहरुले एउटा चिठी बनाइदिएको भए के विग्रन्थ्यो ?
तपाईँलाई स्पष्ट पारौँ पहिलो कुरा म केही दिन देखि बाहिर छु । उपत्यका बाहिर । दोस्रो कुरा हामीले उहाँकै सिफारिसमा आइओएममा चार वटा सहायक डीन नियुक्त गरेका छौँ । डीन नहुँदा हेर्नका लागि भनेर सहायक डीन नियुक्ति गरिएको हो । र सहायक डीन नियुक्त भएको संस्थामा त्रिवि पदाधिकारी पनि नभएका बेलामा शशी शर्माले कुर्ची छोडे भन्दैमा किन हतार हतार गएर बस्नुपर्ने ? केही दिन डीन नभएपनि सहायक डीन त थिए काम त अड्कदैनथ्यो होइन र ? तर पनि म यसपटक धेरै बोल्न चाहन्न, सबै कानूनी कुरा हो र त्यो सबै अदालतमा पनि छ । हामीले बोलेर केही फाइदा पनि छैन ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *