लण्डनमा उपचाररत डा. देवकोटालाई राष्ट्रपति भण्डारीले गरिन टेलिफोन

काठमाडौँ, १० पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले वरिष्ठ न्यूरो सर्जन डा उपेन्द्र देवकोटाको स्वास्थ्यस्थितिबारे जानकारी लिएकी छन् ।

पित्तथैलीमा समस्या देखिएपछि बेलायतको लण्डनमा उपचार गराइरहेका डा. देवकोटालाई आज अपराह्न टेलिफोन गरी उनको स्वास्थ्यावस्थाबारे जानकारी लिँदै स्वास्थ्यलाभको कामना गरेको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए ।

डा देवकोटाले आफ्नो पित्तथैलीमा समस्या देखिएको र अहिले स्वास्थ्यमा सुधार भइरहेको जानकारी राष्ट्रपतिलाई दिएको बताइएको छ । प्रमुख स्वकीय सचिव अधिकारीका अनुसार राष्ट्रपति भण्डारीले शनिबार पनि लण्डनस्थित नेपाली राजदूतावासमार्फत डा देवकोटाको स्वास्थ्यबारे जानकारी लिएकी थिइन ।

नेपालका उत्कृष्ट न्यूरो सर्जन ६३ वर्षीय डा देवकोटाको किग्ङ्स कलेज अस्पतालमा उपचार भइरहेको छ । पूर्वमन्त्री डा देवकोटाको स्वास्थ्यलाभको कामना गर्दै आइतबार पशुपति मन्दिरमा दीप प्रज्ज्वलन गरिएको थियो । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

One thought on “लण्डनमा उपचाररत डा. देवकोटालाई राष्ट्रपति भण्डारीले गरिन टेलिफोन

Leave a Reply

Your email address will not be published. Required fields are marked *