काठमाडौँ नेशनल मेडिकल कलेजको सम्वन्धन खारेज हुनुपर्छ : चिकित्सक संघ

काठमाडौँ, ५ भदौ । नेपाल मेडिकल एसोसिएशनले काठमाडौँ नेशनल मेडिकल कलेजको सम्वन्धन खारेज गर्न सरकारसंग माग गरेको छ । एसोसिएशनले सम्वन्धन खारेज नगरे कडा आन्दोलनमा उत्रने समेत चेतावनी दिएको छ ।

संघका महासचिव डा लोचन कार्कीद्धारा जारी विज्ञप्तीमा डा गोविन्द केसी र आफूहरुसंग गरिएको सम्झौता विरुद्ध राज्यपक्ष लागेको भन्दै स्वास्थ्य क्षेत्रको आमूल परिवर्तनसंगे देशमा सञ्चालित मेडिकल कलेजको गुणस्तरीयता विश्वसीयता, पारदर्शिता क्षमता अभिबृद्धि तथा दक्ष जनशक्तिको निर्माणका लागि संघ तथा डा केसीद्धारा गरिएको आन्दोलन र भएका सम्झौँताको उल्लंघन भएको भन्दै आपत्ति प्रकट गरिएको छ ।

त्रिभुवन विश्वविद्यायले सर्वोच्च अदालतको आदेश भन्दै गत १२ साउनमा बसेको कार्यकारी परिषदको बैठकले घट्टेकुलोमा रहेको काठमाडौँ नेशनल मेडिकल कलेजलाई सम्वन्धन दिने निर्णय गरेको थियो । सो सम्वन्धी पत्र सञ्चालकहरुले गत शुक्रबार बुझिसकेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *