त्रिविद्वारा काठमाडौं नेशनल मेडिकल कलेजलाई सम्बन्धन

1.5k
Shares


काठमाडौं, ३ भदौ । त्रिभुवन विश्व विद्यालयले घट्टेकुलो स्थित काठमाडौं नेशनल मेडिकल कलेजलाई एमबीबीएस कार्यक्रम सन्चालन गर्नेगरी सम्बन्धन दिएको छ ।

गत १२ साउनमा बसेको त्रिवि कार्यकारी परिशद्को बैठकले काठमाडौं नेशनललाई सम्बन्धन दिने निर्णय गरेको हो ।

सर्बोच्च अदालतले एक महिना अघि मात्रै काठमाडौं नेशनललाई सम्बन्धन दिनु भन्ने आफ्नो निर्णय कार्यान्वयन भयो भएन ? नभएको भए तत्काल कार्यनयन गरि सो को जवाफ दिनु भन्दै त्रिवि र सरकार को नाममा परमादेश जारी गरेको थियोे । सोही आदेश अनुसार त्रिबिले सम्बन्धन दिने निर्णय गरेको हो ।

´हामीले हिजो मात्रै सम्बन्धनको पत्र पायौं , शैक्षिक बर्ष २०७४/०७५ बाट नै एमबीबीएस सुरु गर्नु भन्ने आदेशमा छ ´काठमाडौं नेशनलका संचालक डाक्टर जनरुद्दिन अन्सारीले भने ।

उनलेे नेपाल मेडिकल काउन्सिलले सिट निर्धारण गरे पछि शैक्षिक कार्यक्रम अघि बढ्ने बताए ।

त्रिबिका रजिस्ट्रार प्रा डा डिल्लीराम उप्रेतीले सर्बोच्च को आदेश अनुशार सम्बन्धन अघि बढेकाे प्रतिक्रिया दिए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *