अमिलो बनाउन ‘हर्पिक’ प्रयोग गरेपछि बेनीमा चटपटे बिक्रीमा प्रतिबन्ध

612
Shares

म्याग्दी, २५ साउन । सदरमुकाम बेनीमा चटपटे बिक्रीमा प्रतिबन्ध लगाइएको छ । बेनी नगरपालिकाको कार्यालयले बजारमा चटपटे बिक्री गर्न रोक लगाएको हो ।

स्वास्थ्यमा प्रतिकूल असर पर्ने अखाद्य पदार्थ मिसावट गरी चटपटे बनाउने गरेको पाइएपछि प्रतिबन्ध लगाइएको बेनपा– ७ का वडाध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले बताए ।

अनुगमनका क्रममा चटपटे अमिलो बनाउन केही व्यापारीले शौचालय सफा गर्न प्रयोग गरिने ‘हर्पिक ’ प्रयोग गरेको भेटिएपछि कडाइ गरिएको वडाध्यक्ष श्रेष्ठले जानकारी दिए ।

त्यसो त चटपटे सडकमा ठेला राखेर व्यापार गर्दा दुर्घटनाको जोखिम समेत बढेको थियो । साँघुरा सडक र गल्लीमा ठेलामा राखेर बिक्री गरिने चटपटे खानेको भिडले सवारी आवागमन प्रभावित हुँदै आएको थियो ।

यता नगरपालिकाले सडक छेउछाउमा रहेका ट्यांकी र छाप्रोलाई वैकल्पिक ठाउँमा स्थानान्तरणको तयारी समेत गरेको छ । ठेला तथा ट्यांकी बनाएर फलफूल र शृङ्गार सामग्रीको व्यापार गर्दै आएका व्यापारीलाई स्थायी पूर्वाधार बनाएर स्थानान्तरण गर्ने तयारी भइरहेको नगरपालिकाले जनाएको छ । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *