अब पाठेघरको मुखको क्यान्सरको परीक्षण देशभर नि:शुल्क

936
Shares

काठमाडौँ, १५ साउन । सरकारले यसबर्ष देखि ७५ वटै जिल्लामा पाठेघरको मुखको क्यान्सरको परीक्षण नि:शुल्क गर्ने भएको छ । यसअघि यो कार्यक्रम ४५ जिल्लामा मात्रै थियो ।

स्वास्थ्य सेवा विभाग परिवार स्वास्थ्य महाशाखाका अनुसार देशभरका जिल्ला अस्पतालमा यो सेवा उपलव्ध हुनेछ । त्यसका लागि महाशाखाले यसबर्ष १६ करोड बजेट समेत छुट्याएको छ ।

‘यसबर्ष देखि कम्तीमा सबै जिल्ला अस्पतालमा भिआईए र स्क्रिनिङ टेष्ट निशुल्क हुनेछ,’ शाखाका निर्देशक डा. नरेशप्रताप केसीले भने । उनले अहिले जिल्लाका चिकित्सक तथा नर्सलाई सो सम्वन्धी तालिम दिइरहेको जानकारी दिदै अबको केही साता पछि नै यसको कार्यान्वयन हुने बताए ।

नेपालमा महिलाहरुमा देखिने क्यान्सरहरुमध्ये सबैभन्दा धेरै पाठेघरको मुखको क्यान्सर हुने गरेको अनुसन्धानले देखाएको छ । समयमै रोग पत्ता नलाग्दा अधिकांश महिलाहरुले अन्तिम अवस्थामा उपचार गर्न पुग्ने र ज्यान गुमाउने गरेको पाइन्छ । सरकारले सोही अवस्थालाई न्युनिकरण गर्न निशुल्क परीक्षणको व्यवस्था गरेको हो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *