त्रिविद्धारा आइओएमको सहायक डीन र क्याम्पस प्रमुख नियुक्त

0
Shares

काठमाडौँ, ९ साउन । त्रिभुवन विश्वविद्यालयले चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)मा रिक्त सहायक डीन र क्याम्पस प्रमुखको नियुक्ति गरेको छ । त्रिवि कार्यकारी परिषदको आज बसेको बैठकले रिक्त सहायक डीन र क्याम्पस प्रमुखको नियुक्ती गरेको हो ।

परिषदले प्राडा प्रताप नारायणदाशलाई क्याम्प प्रमुख जिम्मेबारी दिएको छ । त्यस्तै डा डा. द्वारिका श्रेष्ठ, डा. राजेन्द्र गुरागाईं, डा. मधु देवकोटा र मन्दिरा पन्तलाई सहायक डीनमा नियुक्त गरेको छ ।

क्याम्पस प्रमुख पूर्ण कार्याकालका लागि गरिएको भएपनि सहायक डीनको नियुक्ती अस्थायी भएको बताइएको छ ।

यता डा गोविन्द केसीले भने आइओएममा रिक्त पदाधिकारीहरुको नियुक्ती नभएको भन्दै आजैबाट अनसन सुरु गरेका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *