विशेषज्ञ चिकित्सक नपुगेका १५ जिल्लामा एमडीजीपी पठाउने तयारी

0
Shares

काठमाडौँ, ५ साउन । सरकारले विशेषज्ञ सेवा नपुगेका दुर्गमका १५ जिल्लामा एमडीजीपी चिकित्सक पठाउने तयारी भएको छ ।

स्वास्थ्य मन्त्रालयले निक साइमन इन्स्टिच्युट (एनएसआई)संग मिलेर दुर्गममा विशेषज्ञ चिकित्सक पठाउने भएको हो ।

एनएसआईले अहिले विभिन्न १८ जिल्लामा एमडीजीपी चिकित्सक पठाएको छ । ती चिकित्सकको सेवा उत्कृष्ठ मानिएको छ । मन्त्रालय चिकित्सा सेवा महाशाखाका उपसचिव रामकृष्ण लामिछानेले एनएसआईसंग ‘पार्टनरसीप’ गरी चिकित्सक पठाउने योजना अघि बढेको बताए । उनले कुन कुन जिल्लामा पठाउने भन्ने बारेमा अहिले पूरै तयारी भने भईनसकेको जानकारी दिए ।

एमडीजीपी पोष्टिङ गर्दा स्वास्थ्य मन्त्रालयले ४० प्रतिशत खर्च वेहोर्ने र ६० प्रतिशत खर्च एनएसआईको हुने बताइएको छ । ‘अहिले त्यसैको लागि कार्यविधि बनाउने तयारी भइरहेको छ । त्यसपछि यो प्रक्रियाले गति लिन्छ,’  उपसचिव लामिछानेले बताए ।

उनले नयाँ नियुक्त हुने एमडीजीपी पनि एनएसआईकै पद्धती अनुसार चल्ने बताए । ‘एनएसआईले विभिन्न जिल्लामा खटाएका एमडीजीपीको सेवा उत्कृष्ठ लाग्यो । त्यसैले अरु बाँकी जिल्लामा पनि सहयोग गर्नुस भनेका हौँ त्यसका लागि हामीले एनएसआईलाई केही सहयोग गर्न खोजेका मात्रै हौँ । सेवा दिने र खटाउने काम एनएसआईकै हुन्छ,’ लामिछानेले भने ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *