म्यानमारमा डेंगुको प्रकोप बढ्यो

0
Shares

म्यानमार, २४ असार । म्यानमारमा पनि डेंगुको प्रकोप बढेको समाचार छ । सो प्रकोप फैलिएपछि यहाँ १६ जनाको मृत्यु भएको छ ।

उक्त प्रकोपबाट म्यानमारमा एक हजार १ सय १४ जना प्रभावित भएको समाचारमा जनाइएको छ ।

म्यानमारको रेखिन राज्यमा फैलिएको डेंगुका कारण गत जुलाई ५ देखि यता १६ जनाको मृत्यु भएको म्यानमारको सरकारी सञ्चार माध्यमले शनिबार जनाएको छ ।

डेंगुको प्रकोप रेखिन राज्यको मिनवाई, किउक्टाव, टाउङगप र सिट्वे लगायतका ठाउ र ग्रामीण क्षेत्रमा बढी देखिने गरेको रेखिन राज्यका स्वास्थ्य विभागका अधिकारीहरुले जानकारी दिएका छन् ।

प्रभावित क्षेत्र र विद्यालयहरुमा डेंगु विरुद्धको सचेतना जगाउन र केही कदमहरु चाल्नका लागि अधिकारीहरुले छलफल चलाएका छन् ।

प्राय जुन र जुलाई महिनामा यस्ता प्रकोपहरु बढी फैलिने गरेको छ । यो बेला लामखुट्टे बढी हुने बेला भएकाले यस्ता रोगहरुको प्रकोप जुन र जुलाइमा बढी हुने गरेको उनीहरुको भनाई छ ।

टाउको दुख्ने, उच्च ज्वरो आउने, जोर्नी र मासुमा दुखाइ हुने, बान्ता हुने लगायतका लक्षण डेंगुको जिवाणुका कारण देखिने चिकित्सकहरु बताउछन् ।

यसबर्ष मात्र म्यानमारमा देशभरमा झण्डै तीन हजार ३०४ जनामा डेंगुको जिवाणु फैलिएको पाइएको छ । रासस÷सिन्ह्वा

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *