मेरिटका आधारमा नै पीजीमा भर्ना लिन सर्वोच्चको आदेश
काठमाडौँ, १४असार । सर्वोच्च अदालतले मेरिटका आधारमा पोस्ट ग्राजुएसन (पीजी)का विद्यार्थी भर्ना लिन मेडिकल कलेजहरुलाई आदेश दिएको छ ।
कामु प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको एकल इजलासले आज त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान र निजी मेडिकल कलेजहरुको नाममा मेरिट अनुसार भर्ना र तोकिएको शुल्कमात्र लिन आदेश दिएको हो ।
यो आदेशसँगै योग्यताक्रम मिचेर निजी कलेजले गरेको भर्ना स्वतः खारेज हुने भएको छ। आफूहरुलाई मेरिटका आधारमा भर्ना नगरेको भन्दै चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थीहरुले सर्वोच्च अदालतमा मुद्दा हालेका थिए ।
रिटका पक्षमा अधिवक्ताहरु ज्योति बानियाँ र ओमप्रकाश अर्यालले बहस गरेका थिए ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



