साहित्यकार पौडेलको स्वास्थ्यमा सुधार
काठमाडौँ, १२ असार । मुटुको समस्या आएपछि सहिद गङ्गालाल हृदय केन्द्र, बाँसबारी पुगेका साहित्यकार ज्ञानुवाकर पौडेलको स्वास्थ्यमा क्रमिक सुधार आएको छ ।
गत मङ्गलबारदेखि मुटुुको धड्कन असन्तुलित भएर समस्या आएपछि केन्द्र गएका उनको छातीमा अहिले ‘पेस मेकर’ राखिएको छ । गजलगो तथा मुक्तककार एकहत्तरवर्षीय पौडेललाई यसअघि मुटुको समस्या नभए पनि एक्कासि सो समस्या आएको उनकी श्रीमती त्रिपुराले जानकारी दिइन् ।
अहिले पनि उनी चिकित्सकको निगरानीमा रहेका छन् । उनलाई डा रवीन्द्र सिंखडाले उपचार गराइरहेका बताइएको छ । झन्डै एक हप्तापछि आइतबार पौडेललाई घर ल्याइएको परिवार स्रोतले जनाएको छ । रासस
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



