बिरामीको मृत्यु पछि मिडाट अस्पतालले तिर्ने भयो ३० लाख

काठमाडौँ, २१ जेठ ।  उपचारमा क्रममा ज्यान गुमाएकी विरामीको परिवारलाई ललितपुरस्थित मिडाट अस्पतालले ३० लाख क्षतिपूर्ति तिर्ने भएको छ । चिकित्सकको लापरबाहीको कारण विरामीको मृत्यु भएको भन्दै आफन्तहरु आन्दोलित भएपछि अस्पतालले सो परिमाणमा रकम तिर्न लागेको हो ।

आज विहानै देखि विरामीका आफन्तले दोषीलाई कारवाही हुनुपर्ने तथा मृतकलाई उचित क्षतिपूति दिइनु पर्ने माग राख्दै अस्पताल परिसरमा नारा जुलुस गरेका थिए । उनीहरुले अस्पतालसंग ६० लाख रुपैयाँ क्षतपूर्ति बापतको रकम मागेका थिए ।

आफन्तहरुका अनुसार पाठेघरको अप्रेशन गर्दा चिकित्सकहरुले नजिकैको आन्द्रा काटेपछि समस्या बल्झेको थियो । ‘आन्द्राबाट दिसा चुहियो र शरीरभरी इन्फेक्सन फैलियो र बिरामीको ज्यान गयो । त्यसैले यो गम्भीर खालको लापरबाही हो,’ मृतकका एक आफन्तले भने ।

पेट दुख्ने समस्याका कारण गत जेठ १५ गते मिडाट अस्पताल भर्ना भएकी बनेपा १० नमोवुद्ध अस्थाई घर भएकी बनेपा ८ की ५३ वर्षीया रोजकुमारी श्रेष्ठको गत जेठ १६ पाठेघरको अप्रेसन गरिएको थियो ।

अप्रेशन पश्चात विरामीलाई थप कठिनाई भएपछि आफन्तले थप उपचार गन दवाव दिएका थिए । त्यसक्रममा भिडियो एक्सरे गर्दा पाठेघर नजिकैको आन्द्रा काटिएर त्यसमा प्वाल भएको देखिएको थियो ।

त्यसपछि अस्पतालका डाक्टर मनिस श्रेष्ठको टिमले उक्त आन्द्राको अप्रेशन गरेको थियो । यद्धपी सो अप्रेसनले समेत काम गर्न सकेन । समस्या बल्झिदै गएपछि हिजो बेलुका पाटन अस्पताल रिफरभएको तर पाटन पुरयाउने वित्तिकै अस्पतालले मृत घोषणा गरेको थियो ।

पाठेघरको अप्रेशन गर्दा आन्द्रा काटेर लापरबाही गरेको भन्दै आफन्तहरुले चर्को दवाव दिएका थिए । उनीहरुले उपचारमा सम्लग्न चिकित्सकलाई कारबाही गर्न माग गरेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *