निर्वाचन आचार संहिताका कारण सुर्तीमा कर बढाउँन सकिएन : मन्त्री थापा

काठमाडौँ, १७ जेठ। स्वास्थ्य मन्त्री गगन थापाले सुर्ती तथा मदिराजन्य पदार्थमा अपेक्षाकृत कर बृद्धि हुन नसकेको स्वीकारेका छन् । उनले कर बृद्धि नहुनुमा निर्वाचन आचारसंहितालाई दोष दिएका छन् ।

विश्व धूमपान तथा सुर्तीजन्य पदार्थ रहित दिवसको अवसरमा स्वास्थ्य सेवा विभाग राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रद्धारा आयोजित कार्यक्रममा मन्त्री थापाले यस्तो बताएका हुन् ।

‘हामी चाहन्थ्यौँ सुर्ती र मदिरा सम्वन्धी बस्तुमा भारी मात्रामा कर बृद्धि होस त्यसबारेमा अर्थमन्त्रालयमा समेत छलफल गरेका थियौँ । तर निर्वाचनको बीचमा आएको बजेटमा हामीले सोचे अनुरुप काम गर्न सकेनौँ । कर त बढ्यो तर अपेक्षाकृत बढेन्’ उनले भने ।

यसअघि सरकारले सुर्ती तथा मदिराजन्य पदार्थमा झण्डै २८ प्रतिशत मात्रै कर लगाउदै आएको छ । यसपटक झण्डै १० प्रतिशत बढेको बताइएको छ ।

मन्त्री थापाले  चुरोट र रक्सीमा थोरै भएपनि कर बढाउन सकेको तर महिलाले प्रयोग गर्ने सेनिटरी प्याड, अपांगले प्रयोग गर्ने सामग्रीहरुमा कर छुट दिने योजनामा समेत सफलता हासिल नभएको जानकारी दिए । ‘हामीले यसपटकको बजेटमा धेरै राम्रा कार्यक्रम ल्याउने तयारी गर्दैै थियौँ तर त्यो पनि हुन सकेन्’  उनले भने ।

मन्त्री थापाले सुर्तीजन्य पदार्थको प्रयोगलार्य विस्तारै घटाउँदै लगेर बन्देज वा प्रतिवन्ध लगाउने तयारी भएको बताए । उनले त्यसका लागि प्लेन प्याकेजको करमा बृद्धि गर्ने तथा प्लेन प्याकेजको धारणा अघि बढेको बताए । उनले खुद्रा बिक्रीलाई निरुत्साहित गर्ने, सार्वजनिक स्थलमा धूमपान प्रयोगमा प्रतिवन्ध लगाउने कामले समेत तिब्रता पाउने बताए ।

स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डा भीम आचार्यले सुर्तीजन्य पदार्थले बर्षेनी २२ हजार मानिसको ज्यान गइरहेको भन्दै यसलाई नियन्त्रण गर्न सबै सरोकारवालाहरु एकजुट हुनुपर्ने बताए ।

राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका निर्देशक बद्रबहादुर खडकाले नसर्ने रोगको जोखिम बढाउने सुर्तीजन्य पदार्थको प्रयोग घटाउने अभियान तिब्रताका साथ अघि बढेको भन्दै मेरो बर्ष अभियानलाई यसले सघाउने बताए ।

कार्यक्रममा निजी तथा आवासीय विद्यालय अर्गनाइजेन नेपाल प्याव्सन र सञ्चार केन्द्रबीच मेरो बर्ष अभियान विद्यालयबाट समेत सञ्चालन गर्ने सम्वन्धमा समझदारी पत्रमा हस्ताक्षर गरेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *