मेडिकल काउन्सिलद्धारा लाईसेन्स तथा स्पेशल परीक्षाको तालिका सार्वजनिक
काठमाडौँ, ८ जेठ । नेपाल मेडिकल काउन्सिलले २०७४ सालमा हुने चिकित्सक दर्ता प्रमाणपत्र (लाईसेन्स) परीक्षा र विशेष (स्पेशल) परीक्षाको बार्षिक तालिका सार्वजनिक गरेको छ ।
तालिका अनुसार लाईसेन्स परीक्षा पहिलो २१ साउन, दोस्रो १६ मंसिर र तेस्रो १७ चैतका लागि तोकेको छ । त्यस्तै विशेष परीक्षा २४ असारमा पहिलो, २५ कात्तिकमा दोस्रो तथा २६ फागुनमा तेस्रो हुने गरी तोकेको छ ।
काउन्सिलले २४ असारका लागि तोकिएको विशेष परीक्षाका लागि बुधबारबाट आवेदन फारम खुल्ला रहने समेत जानकारी दिएको छ ।
हेरौँ सूचना

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



