दुषित पानी सेवन गर्दा चीनमा चार सय विद्यार्थी बिरामी

40
Shares

चाङचुन (चीन), ५ जेठ । उत्तरपूर्वी चीनको एउटा निजी विद्यालयमा अध्ययनरत ३८१ विद्यार्थी दूषित खानेपानी सेवन गरेका कारण बिरामी परेपछि उनीहरुलाई अस्पताल भर्ना गरिएको चिनियाँ अधिकारीले बिहीबार जनाएका छन् ।

जेलिन प्रान्तको फुयुस्थित नम्बर २ प्रयोगात्मक विद्यालयमा अध्ययनरत विद्यार्थी मङ्गलबार विद्यालयबाट फर्केपछि रातिदेखि एकाएक बिरामी परेका स्थानीय प्रशासनले जनाएको छ ।

प्राप्त जानकारीअनुसार विद्यालयको फिल्टर गरेको खानेपानीमा अत्यधिक किटाणु (व्याक्टेरिया) रहेको बिरामी विद्यार्थीको नमुना रगत सङ्कलनबाट पत्ता लागेको जनाइएको छ । बिरामीको बान्ताको नमुनामा ‘नोरोभाइरस’ भेटिएको अस्पताल स्रोतले जनाएको छ ।

उक्त विद्यालयमा आठ हजार आवासीयसहित करिब १० हजार विद्यार्थीले अध्ययन गर्ने गरेका र उनीहरु सबैलाई फिल्टर गरेको पानी पाइप लाइनमार्फत दिइने गरेको थाहा भएको छ ।

विद्यालयद्वारा व्यवस्था गरेको खानेपानीका कारण विद्यार्थी बिरामी परेको भन्ने रिपोर्ट पछि समस्या थप नबनोस भनी विद्यालयद्वारा आपूर्ति गर्दै आएको खानेपानी बन्द गरिएको छ ।

बिरामी विद्यार्थीमध्ये अस्पतालमा उपचारपछि बिहीबार ५ बजेसम्म १२५ जना अस्पतालबाट घर फर्केका छन् । पानीमा भेटिएको सङ्क्रमणका सम्बन्धमा अनुसन्धान सुरु गरिएको छ । रासस/सिन्ह्वा

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *