निर्वाचनका बेला सबै स्वास्थ्य संस्थामा उच्च सतर्कता

काठमाडौँ, ३१ बैशाख । करीव दुई दशक पछिको स्थानीय निर्वाचनलाई लक्षित गरि सरकारले आज स्वास्थ्य संस्था र कार्यरत स्वास्थ्यकर्मीहरुलाई समेत उच्च सतर्कतामा रहन निर्देशन दिएको छ । जिल्ला सुरक्षा समितिको समन्वयमा मतदान हुने जिल्लाका सबै स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीलाई उच्च सतर्कतामा रहन निर्देशन दिइएको हो ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा राजेन्द्र पन्तले केन्द्रबाट सर्कुलर गरिसकिएको र जिल्लामा सुरक्षा समन्वय समितिले समेत स्वास्थ्यलाई उच्च सतर्कमा राखेको बताए । उनले अस्पताल तथा प्राथमिक स्वास्थ्य केन्द्रहरुमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरु जुनसुकै बेला उपलव्ध हुने गरि उच्च सतर्कतामा रहेको बताए । उनले आज स्थानीय स्वास्थ्य चौकीहरुलाई समेत आकस्मिक सेवा दिन परेको खण्डमा तयारी अवस्थामा रहन निर्देशन दिइएको बताए ।

देश संघीय संरचनामा गएपछिको पहिलो स्थानीय निर्वाचन आज हुँदैछ । देशका ३४ जिल्लामा भएको आजको पहिलो चरणको निर्वाचनको मतदान बेलुका ५ बजेसम्म जारी रहनेछ । आजको मतदानमा ४९ लाख ५६ हजार ९ सय २५ मतदाता छन् ।

मतदानका लागि करीव ४ हजार मतदान स्थल तोकिएको छ । ३ हजार ९२२ मतदान स्थलका ६ हजार ६४१ मतदान केन्द्रबाट मतदाताहरुले आफूले चाहेको उम्मेदवारलाई मत दिनेछन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *