टेकु अस्पतालको शौचालयमा झुण्डिएर बिरामीद्धारा आत्महत्या

काठमाडाँै, २२ बैशाख । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना भएका एक विरामीले आत्महत्या गरेका छन् । अन्दाजी ३२ बर्षीय विरामीले गए राती साढे १२ बजे शौचालयमा बेडको तत्नाको घाटी पासो लगाएर आत्महत्या गरेका हुन् ।
अस्पताल स्रोतका अनुसार भक्तपुरका ३७ बर्षीय ती विरामी तीन नम्बर क्याविनमा भर्ना भएर उपचार गराईरहेका थिए । उनी वर्किक लिम्फोमा भन्ने क्यान्सर र एचआईभी एडसबाट पिडीत थिए ।
घटनापछि राती नै प्रहरी आएर सव लगेको बताइएको छ । आत्महत्या गर्ने विरामीले लेखेको सुसाईट नोट समेत फेला पारेको छ ।
यस विषयमा जानकारी लिन खोज्दा अस्पतालका निर्देशक डा रमेश खरेलसंग सम्पर्क हुन सकेन ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



