टेकु अस्पतालको शौचालयमा झुण्डिएर बिरामीद्धारा आत्महत्या

काठमाडाँै, २२ बैशाख । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना भएका एक विरामीले आत्महत्या गरेका छन् । अन्दाजी ३२ बर्षीय विरामीले गए राती साढे १२ बजे शौचालयमा बेडको तत्नाको घाटी पासो लगाएर आत्महत्या गरेका हुन् ।

अस्पताल स्रोतका अनुसार भक्तपुरका ३७ बर्षीय ती विरामी  तीन नम्बर क्याविनमा भर्ना भएर उपचार गराईरहेका थिए । उनी वर्किक लिम्फोमा भन्ने क्यान्सर र एचआईभी एडसबाट पिडीत थिए ।

घटनापछि राती नै प्रहरी आएर सव लगेको बताइएको छ । आत्महत्या गर्ने विरामीले लेखेको सुसाईट नोट समेत  फेला पारेको छ ।
यस विषयमा जानकारी लिन खोज्दा अस्पतालका निर्देशक डा रमेश खरेलसंग सम्पर्क हुन सकेन ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *