स्वास्थ्यको अनुगमन टोलीद्धारा १५ बेडका तीन अस्पताल सहित ६ संस्थालाई कारबाही

सुनसरी, २१ बैशाख । स्वास्थ्य मन्त्रालयबाट खटिएकाृे अनुगमन टोलीले सुनसरीमा दर्ता विना नै सञ्चालित दुई अस्पताल सहित ६ वटा स्वास्थ्य संस्थालाई कारबाही गरेको छ । मन्त्रालयका उपसचिव भवनाथ खतिवडाको नेतृत्वमा गएको अनुगमन टोलीले दर्ता विना सञ्चालित अस्पताल फार्मेसी तथा मापदण्ड विना सञ्चालित अस्पताल तथा पोलिक्लिनिकमा कारबाही गरेको हो ।

टोलीले दर्ता विना सञ्चालित १५ सैयाको सुनसरी अस्पताल, सोही अस्पतालले सञ्चालन गरेको सुनसरी फार्मेसी बन्द गरेको हो । त्यसैगरी टोलीले धुहवीमा रहेको आरोग्य सहकारी स्वास्थ्य संस्था र त्यसैले सञ्चालन गरेको आरोग्य फार्मेसीमा पनि ताला लगाएको छ ।

टोलीले मापदण्ड विना सञ्चालित जीवनज्योति पोलिक्लिनिक र १५ सैयाको सुनसरी सामुदायिक स्वास्थ्य सेवा प्रालिलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । अनुमति लिएर पनि उनीहरुले मापदण्ड नपुरयाएकोले स्पष्टीकरण सहित जिल्ला जनस्वास्थ्यमा सम्पर्क राख्न भनेको टोलीका सदस्य कृष्ण सुवेदीले जनाए ।

मन्त्रालयको टोलीले पूर्वका इलाम, ताप्लेजुङ, सहित पूर्वी तराईका जिल्लाहरुका सरकारी तथा निजी स्वास्थ्य संस्थाहरुको अनुगमन गरेको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *