गंगालालको उपचार सेवा अब जनकपुर अञ्चल अस्पतालबाट समेत

काठमाडौँ, २० बैशाख ।  मुटुको साधारण उपचारका लागि समेत राजधानी आउनुपर्ने पूर्वी तथा मध्य तराईबासीको समस्या हल हुने भएको छ । शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रले मुटुरोगको उपचार सेवा अव जनकपुर अञ्चल अस्पतालबाट समेत उपलव्ध गराउने भएपछि समस्या हल हुने भएको हो ।

क्याथ ल्याव समेत स्थापना गरी मुटुरोगको स्तरीय सेवा दिने विषयमा मंगलबार गंगालाल हृदय केन्द्र र अञ्चल अस्पतालबीच लिखित सम्झौता भएको छ । स्वास्थ्य मन्त्रालय चिकित्सा सेवा महाशाखाका उपसचिव रामकृष्ण लामिछानेले सो सेवा सञ्चालनका लागि मन्त्रालयले १० करोड रुपैयाँ छुट्याएको समेत जानकारी दिए ।

‘मुटुको उपचार गर्नको लागि त्यहाँका जनतालाई उपत्यकानै आउनु पर्ने बाध्यतालाई अन्त्य गर्नको लागि र गंगालालको सेवा उपत्यका बाहिर विस्तार गर्ने सहमती अनुसार हिजो सहमती भएको हो’ उनले भने ।

अब मुटु सम्बन्धी सम्पुर्ण सेवा जनकपुर अञ्चल अस्पतालबाटै हुने र जसको लागि गंगालाल अस्पतालका मुटु सम्बन्धी चिकित्सक जनकपुर अस्पतालमानै गएर सेवा दिने उपसचिव लामिछानेले बताए।

मुटुरोगको उपचार गर्न उपत्यकानै आउनु पर्ने बाध्यतालाई अन्त्य गर्नको लागि गंगालालको सेवा उपत्यका बाहिर विस्तार गरिएको मन्त्रालयले जनाएको छ। यस भन्दा अगाडी गंगालालले आफ्नो सेवा भेरी अञ्चल अस्पतालबाट समेत विस्तार गरि सकेको छ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *