यस्ता छन् नयाँ शक्ति पार्टीको घोषणापत्रमा स्वास्थ्यका बुँदा

काठमडौँ, १८ बैशाख । स्थानीय निर्वाचनलाई लक्षित गरी नयाँ शक्ति पार्टीले पनि आज घोषणापत्र सार्वजनिक गरेको छ । नयाँ शक्ति पार्टीको घोषणा पत्रमा ५, १५ र २५ बर्ष भित्र आउने नतिजाको समेत प्रक्षेपण गरिएको छ । नयाँ शक्तिले सार्वजनिक गरेको घोषणा पत्रमा स्वास्थ्यका कुन कुन विषय समेटिएका छन् । हेरौँ घोषणा पत्र

पाँच बर्ष भित्र हासिल गर्ने सुचकांकहरु :

  • सबैको लागि खाद्य–पोषण सुरक्षा सुनिश्चित गर्ने ।
  • शिशु मृत्युदर प्रतिहजार १६ र मातृ मृत्युदर प्रतिलाख १०० मा झार्ने ।
  • १५ वर्ष मुनिका बालबालिका र ६५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवाको व्यवस्था गर्ने ।
  • पूर्ण शारीरिक अपाङ्गता, द्वन्द पीडित, एकल महिला, गर्भवती महिला, लोपोन्मुख जाति, दलित समुदाय, यौनिक तथा लैंगिक अल्पसंख्यक र गरीबीको रेखामुनि रहेका परिवारका लागि सम्पूर्ण स्वास्थ्य सेवामा कम्तिमा ७५ प्रतिशत छुटको व्यवस्था गर्ने ।
  • प्रत्येक घरमा सफा खानेपानी पु¥याउने ।

१५ बर्ष भित्र हासिल गर्ने सुचकांकहरु :

  • शिशु मृत्युदर प्रतिहजार १० र मातृ मृत्युदर प्रतिलाख ७० मा झार्ने ।
  • १५ वर्ष मुनिका बालबालिका र ६५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवाको व्यवस्थालाई निरन्तरता दिने ।
  • पूर्ण शारीरिक अपाङ्गता, द्वन्द पीडित, एकल महिला, गर्भवती महिला, लोपोन्मुख जाति, दलित समुदाय, यौनिक तथा लैंगिक अल्पसंख्यक र गरीबीको रेखामुनि रहेका परिवारका लागि सम्पूर्ण स्वास्थ्य सेवामा कम्तिमा ८० प्रतिशत छुटको व्यवस्था गर्ने ।

पच्चीस बर्ष भित्र हासिल गर्ने सुचकांकहरु :

  • शिशु मृत्युदर प्रतिहजार ५ र मातृ मृत्युदर प्रतिलाख ४० मा झार्ने ।
  • १५ वर्ष मुनिका बालबालिका र ६५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवाको व्यवस्थालाई निरन्तरता दिने ।
  • शहरी विकास सूचकाङ्क ९० प्रतिशत भन्दा माथि हुने शहरी जनसंख्यालाई ७५ प्रतिशत पु¥याउने ।

घोषणा यस्ता छन् 

  1. स्वास्थ्य क्षेत्रमा व्याप्त विकृति विसंगति रोक्न र स्वास्थ्य सेवालाई गुणस्तरीय र सर्वसुलभ बनाउन विशेष योजना निर्माण गरी कार्यान्वयन गरिनेछ ।
  2. हरेक प्रदेशमा दुई दुई ५०० सैयाका ठूला अस्पतालहरु खोलिनेछ ।
  3. १५ वर्ष मुनिका बालबालिका र ६५ वर्ष माथिका जेष्ठ नागरिकलाई निःशुल्क  स्वास्थ्य सेवाको व्यवस्था गरिनेछ ।
  4. पूर्ण शारीरिक अपाङ्गता भएका, गर्भवती महिला, एकल महिला, द्वन्द पीडित, दलित समुदाय, यौनिक तथा लैंगिक अल्पसंख्यक, गरीबीको रेखामुनिका परिवारका लागि स्वास्थ्य सेवामा ७५ प्रतिशत छुटको व्यवस्था गरिनेछ र अन्त्यमा निःशुल्क गरिनेछ ।
  5.  ५ वर्षभित्र सबैलाई स्वास्थ्य वीमाको कार्यक्रमलाई अभियानको रूपमा लागू गरिनेछ ।
  6. कर्णाली लगायत विकट र दुर्गम क्षेत्रमा समयमा अस्पताल पुग्न नसकेर ज्यान गुमाइरहनुपरेको तथ्यलाई मध्यनजर राख्दै महिला र आपतकालीन विरामीहरुको ओसारपसार गर्नका लागि तत्काल ५ वटा हेलिकप्टरको व्यवस्था गरिनेछ ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *