कान्तिका डाक्टर माथि मुक्का प्रहार गर्ने व्यक्ति पक्राउ

10.3k
Shares

 

काठमाडौँ ८ बैशाख । कान्ति बाल अस्पतालका  डाक्टर मुकुन्दकुमार देव माथि मुक्का प्रहार गर्ने विरामीका आफन्त पक्राउ परेका छन् ।सोलुखुम्वु जिल्ला वेनी वडा नं ६ स्थायी भएका बर्ष २६ को अनिल श्रेष्ठ आज दिउसो साढे दुई बजे काठमाडौँ बानियाटार क्षेत्रबाट पक्राउ परेका हुन् ।

महाराजगञ्ज बृत्तका डिएसपी गोविन्द पुरीले डाक्टर माथि आक्रमण गरेको आरोप लागेका श्रेष्ठ पक्राउ परेको पुष्टि गरे । उनले श्रेष्ठ माथि अनुसन्धान सुरु भएको भन्दै सार्वजनिक अपराध अन्तरगत मुद्धा चलाउने तयारी भएको बताए ।

श्रेष्ठले गत बुधबार दिउसो डिउटीमा रहेका डा. देव माथि मुक्का प्रहार गरि फरार रहेका थिए ।  सहकर्मीलाई आक्रमण गरेको विरोधमा कान्ति बाल अस्पतालका डाक्टरहरुले हिजो देखि विरोधका कार्यक्रम सार्वजनिक गरेका थिए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *