राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत विरामीद्धारा झुण्डिएर आत्महत्या

काठमाडौँ, २४ चैत । राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत एक बिरामीले आत्महत्या गरेकी छन् । मिजी १ बाग्लुङ घर भएकी अन्दाजी ६० बर्षीया जयकला घर्तीले विहीबार विहानै ट्रमा सेन्टरको पाँचौ तलामा झुण्डिएर आत्महत्या गरेकी हुन् ।
हड्डीको टीवी रोगबाट पिडीत उनी ट्रमा सेन्टरको बेड नं ५३३ मा उपचाररत थिइन । चिकित्सकहरुले हात्महत्याको कारण आर्थिक समस्या हुनसक्ने अनुमान गरेका छन् ।
यद्धपी अस्पताल प्रशासन र प्रहरीले घटनाको बारेमा अनुसन्धान सुरु गरेको छ ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



