सरकारी चिकित्सक संघमा नयाँ कार्यसमिति, अध्यक्षमा डा. दीपेन्द्र पाण्डे

काठमाडौँ, १९ चैत । सरकारी चिकित्सकहरुको संस्था सरकारी चिकित्सक संघ नेपाल (गोदान)को अध्यक्षमा डा दीपेन्द्र पाण्डे निर्वाचित भएका छन् । निकटतम प्रतिद्धन्दीको भन्दा झण्डै दोब्बर मत बढी ल्याएर उनी विजयी भएका हुन् ।

कुल खसेको २०१ मत मध्ये डा पाण्डेले १२३ मत ल्याएका थिए । उनका निकटतम प्रतिद्धन्दी डा सुरेशप्रसाद नेपालले ७३ मत ल्याए । अध्यक्षका अर्का उम्मेद्धार सूर्यप्रकाश सापकोटाले भने ४ मत भन्दा बढी ल्याउन सकेनन् ।

आज भएको निर्वाचनबाट बरिष्ठ उपाध्यक्षमा डा विश्ववन्धु बगाले र उपाध्यक्षमा डा सुनिल पौडेल निर्वाचित भएका छन् । बरिष्ठ उपाध्यक्षमा निर्वाचित बगालेले ११९ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्धन्दी  डा समाज गौतमले ८१ मत मात्रै ल्याए । उता उपाध्यक्षमा निर्वाचित डा पौडेलको मत १०९ आएको थियो । उनका प्रतिद्धन्दी डा  सर्वेश शर्माको मत ८५ मात्रै आयो ।

त्यसैगरी गोदानको महासचिवमा डा रविन खड्का, सचिवमा डा मिलन केसी र कोषाध्यक्षमा डा सुधा शाही भारीमतका साथ निर्वाचित भएका छन् ।

उनीहरुले क्रमश १२१, १२६ र १२१ मत प्राप्त गरेका थिए । डा खडकाका प्रतिद्धन्दी डा विप्लव सापकोटाले ७८ मत, डा केसीका प्रतिद्धन्दी डा प्रमोदकुमार यादवले ६९ मत र  डा शाहीको प्रतिद्धन्दी डा सुदीप खनालले ७६ मत ल्याएका थिए ।

सदस्यहरुमा डा बम विसी (१३४), डा गोवर्दन थापा (१२९), डा सुजित कुमार झा (१२४), डा अनिलकुमार श्रेष्ठ (११५), डा सोनिकादारी श्रेष्ठ (११३), डा राजेश मण्डल (११३), डा कृतिपल सुवेदी (१०६), डा कुमुद भट्टराई  (१०६)र डा सुजन खडका(९५) विजयी भएका छन् ।

यसपटकको निर्वाचनमा युवा चिकित्सकहरुले बाजी मारेका छन् । उनीहरुको पक्षमा राष्ट्रिय चिकित्सक संघको सहयोग थियो । अघिल्लो कार्यसमितिको समर्थनमा उठेको अर्को पक्षलाई सिनियर चिकित्सकहरुको सहयोग भएको बताइएको थियो । तर सो समूहले पराजय वेहोरेको छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *