राष्ट्रिय स्वास्थ्यकर्मी संघको परिषद बैठक सम्पन्न (घोषणापत्र सहित)

काठमाडौँ, १४ चैत । छब्बीस बुँदे घोषणापत्र जारी गर्दै राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालको दोश्रो राष्ट्रिय परिषद् बैठक सम्पन्न भएको छ । नेकपा एमाले पार्टी नजिकका स्वास्थ्यकर्मीहरुको यो संगठनको गत शुक्रबार र शनिबार भक्तपुरमा बसेको थियो । बैठकमा  देशभरबाट २ सय बढी प्रतिनिधी आएको थिए ।

बैठकले सांगठनिक र आर्थिक प्रतिवेदन पास गर्दै संघलाई प्रादेशिक संरचना अनुरुप सञ्चालन गर्न विधान संसोधन लगायतको निर्णय समेत गरेको छ ।

शुक्रबारबाट सुरु भएपनि बैठकको औपचारिक उदघाटन शनिबार गरिएको थियो । बैठकको उदघाटन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरेका थिए ।

सो अवसरमा बोल्दै अध्यक्ष ओलीले स्वास्थ्य सम्वन्धी कामलाई राजनीतिक आस्था भन्दा माथि राख्नु पर्ने विचार व्यक्त गरेका थिए । उनले उपचार राजनीतिक आस्था र निकटताका आधारमा गर्नु हुँदैन भन्दै चिकित्सकीय आदर्शबाट दायाँ बायाँ नगरी सेवामा जुटन निर्देशन दिए ।

उनले संघीयतामा स्वास्थ्य क्षेत्रको सुव्यवस्था र सुसञ्चालन आवश्यक रहेको कुरा बताए । कार्यक्रको अध्यक्षता संघका अध्यक्ष भक्तिमान सुब्बाले गरेका थिए ।


राष्ट्रिय स्वास्थ्य कर्मी संघ, नेपालको दोश्रो राष्ट्रिय परिषद बैठकद्वारा पारित  घोषणा पत्र – २०७३

१.  स्वास्थ्य सेवा ऐनमा व्यवस्था भएको ९ “ख” मा भएको ब्यबस्थालाई पदाधिकार सहित पदस्थापना गरि अबिलम्ब लागु गरियोस ।

२. अवान्छित आरोप लगाई स्वास्थ्य मन्त्रालयले निलम्बन गरेको यस संघ का केन्द्रीय सदस्य तोप बहादुर थापा लगायत सम्पूर्ण १७ जना स्वास्थ्य कर्मिहरुकोको निलम्बन निशर्त  अबिलम्ब फुकुवा गरियोस ।
३.  प्राविधिक ग्रेड़मा भएको अपमानजनक समायोजनलाई सच्च्याईयोस र निजामती सेवा र स्वास्थ्य सेवामा रहेको ग्रेडको असमानतालाई सच्याई एकरुपता कायम गरियोस ।
४. निजी तथा सामुदायिक स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्य क्षेत्रका जनशक्ति हरुको न्युनतम पारिश्रमिक तोकी लागु गरियोस ।
५. स्वास्थ्य सेवा ऐनले तोकेको आधिकारिक ट्रेड युनियनको निर्बाचन अबिलम्ब गरियोस ।
६. स्वास्थ्य सेवा ऐनको बढुवाको व्यवस्थामा  नर्सिङ समुहको जनशक्तिहरुको माथिल्लो पदमा हुने बढुवामा समुहको बेमेलले गर्दा बन्देजको अवस्था भएकोले उक्त बेमेल हटाइ बढुवा प्रणालीलाई व्यवस्थित गरियोस ।
७.  स्वास्थ्य क्षेत्रका जनशक्तिलाई बढुवा,छात्रवृति,अध्ययन बिदा तथा तालिम जस्ता बृत्तिविकासको अवसरमा नीतिगत तथा कार्यगत रुपमा भएको विभेदको अन्त्य गरियोस ।
८. शिक्षा मन्त्रालयबाट व्यवस्था गरिने छात्रबृति तथा नि:शुल्क अध्ययनको अवसरमा स्वास्थ्यकर्मी तथा उनीहरुका सन्ततिहरुलाई विशेष व्यवस्था गरियोस ।
९. हाल भैरहेको सरुवा प्रणालीलाई व्यवस्थित गर्न चक्रीय सरुवा प्रणालीको अविलम्व  शुरुवात गरि स्वास्थ्य क्षेत्रको जनशक्तिहरुको तथ्यांकीय अभिलेखलाई व्यवस्थित गरियोस् ।
१०. महिला स्वास्थ्य स्वयंसेविकाहरुको दीर्घ  सेवाको लागि गरिदै आएको सम्मानजनक बिदाइ को रकम कम्तिमा १००००० पुर्याई नि शुल्क बिमा कार्यक्रममा समावेश गराइयोस ।
११. स्वास्थ्य क्षेत्रको जनशक्तिहरुको जीवन बिमा र दुर्गम क्षेत्रमा आकास्मिक अवस्थामा हवाई एम्बुलेन्स सहितको व्यवस्था लागु गरियोस ।
१२. संघिय संरचना अनुसार पुन संरचना गर्दा केन्द्रिय र प्रदेशिक स्तरमा स्वास्थ्य मन्त्रालय,जिल्ला स्तरमा जिल्ला समन्वय स्वास्थ्य कार्यालय,तथा प्रेषण अस्पताल र स्थानीय तहमा आम नागरिकहरुलाई आधारभूत , निशुल्क स्वास्थ्य सेवा गुणस्तरीय तथा सर्बसुलभ रुपमा उपलब्ध हुनेगरी स्वास्थ्य क्षेत्रको पुनस्संरचना गरियोस ।
१३. संघिय संरचना अनुसार स्वास्थ्य क्षेत्रका जनशक्ति हरुको ब्यबस्थापन गर्दा विकल्प सहित रोज्ने अवसर प्रदान गरि माथिल्लो पदमा बढुवा को सुनिश्चितता गरियोस ।
१४. संघिय संरचना अनुसार स्वास्थ्य नीतिगत बहस तथा नीति निर्माण प्रक्रियामा स्वास्थ्य क्षेत्रमा क्रियाशील ट्रेड युनियनहरुको सहभागिता सुनिश्चित गरियोस ।
१५. सबै स्वास्थ्य संस्था स्थापना संचालन तथा स्तरोन्नति मापदण्ड सम्बन्धि निर्देशिका २०७० लाई व्यवहारिक  बनाइयोस ।
१६. जनस्वास्थ्य तथा कम्प्रिहेंसिभ प्रजनन स्वाथ्य ऐन तुरुन्त बनाई लागु गरियोस ।
१७.  अस्थाई करारमा नियुक्ति गरि काममा लगाउने परिपार्टीको स्वास्थ्य छेत्रमा अन्त्य गरि स्थाई दरवन्दीको सिर्जना गरियोस ।
१८.  सबै स्वास्थ्य क्षेत्रका जनसक्तिहरुलाई जोखिम भत्ताको व्यवस्था गरियोस ।
१९.  स्वास्थ्य क्षेत्रम्म क्रियाशील ट्रेड युनियनहरु र स्वास्थ्य मन्त्रालयबीच यस अघि भएका सबै सम्झौताहरु अबिलम्ब लागु गरियोस ।
२०.  पूर्वाग्रही तरिकाले गरिएका सरुवा तथा नियुक्तिहरु अबिलम्ब बदर, खारेजी गरियोस ।
२१ नेकपा एमालेको मेचीमहाकाली अभियानको क्रममा सप्तरी जिल्लामा भएको घटनामा आफ्नो जिम्मेवारी कै क्रममा मृत्युवरण गर्नु हुने डिमन स्वास्थ्य चौकीमा कार्यरत सीअहेव आनन्द साहलाई शहीद घोषणा गरि आश्रित परिवारलाई आबश्यक क्षति पूर्तिको ब्यबस्था गरियोस ।
२२. मुलुकको राष्ट्रियता, सार्वभौमिकता तथा प्रतिष्ठामा आंचपुग्ने गरि संसदमा दर्ता गरिएको संबिधान संसोधन प्रस्ताव फिर्ता गरि घोषित मितिमा नै स्थानीय तहको निर्बाचन लगाएत संबिधान कार्यन्वयनका अन्य पक्षहरु सम्पन्न गरियोस ।
२३. सबै स्वास्थ्य क्षेत्रका जनशक्ति हरुलाई कार्यरत रहेकै स्थानमा मताधिकार प्रदान गरियोस ।
२४.  स्वास्थ्य प्राबिधिक हरुलाई PRESCRIPTION, PHARMACY  र  PRIVATE  CLINIC  संचालन सम्बन्धि अधिकार सुनिस्चित गरियोस ।
२५. स्वास्थ्य सम्बन्धि विभिन्न बोर्ड तथा परिषदहरुमा पदाधिकार बाँकी रहदै पूर्वाग्रही तरिकाले गरिएका नियुक्तीं बदर गरि पूर्ववत पदाधिकारीहरुलाई पुनर्वहाली गरियोस ।
२६. नेकपा एमालेको मेचीमहाकाली अभियानको क्रममा सहयोग पुर्याउनु हुने सम्पूर्ण राष्ट्रिय स्वास्थ्य कर्मी संघ ,नेपालका सदस्य तथा पदाधिकारी हरुलाई हार्दिक धन्यबाद ज्ञापन गर्दछौ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *